विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले चिलीलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ माघ, २०७८
५ वर्षअघि

आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलको छनोट खेलमा अर्जेन्टिनाले चिलीमाथि सङ्घर्णपूर्ण जित निकालेको छ ।

शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोलले हराएको हो ।

अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।

दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलमा ३२ अङ्क जोडेको छ ।

चिली भने १६ अङ्कसहित साताैँ स्थानमा छ । उसले १५ खेल खेलेको छ ।

चिलीको कालामा भएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डी मारिया र लाउटारो मार्टिनेजले एक–एक गोल गरे ।

चिलीका बेन ब्रेरेटन डियाजको गोल सान्त्वना बन्यो ।

खेलको नवौँ मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

२०औँ मिनेटमा डियाजले गोल गर्दै चिलीलाई खेलमा फर्काए ।

३४औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले पुनः अग्रता बनायो ।

र, बाँकी समय दुवै टोलीले गोल गर्न नसकेपछि अर्जेन्टिना २–१ गोलले विजयी भएको हो ।

 

प्रकाशित समय: शुक्रबार १४ माघ, २०७८, ०८:०५:२९
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०