सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ माघ, २०७८
५ वर्षअघि

कतारमा यसै वर्षको नोभेम्बरबाट सुरु हुने विश्वकप फुटबलको छनोट खेलमा ब्राजिलले इक्वेडरसँग अङ्क बाँडेको छ ।

ब्राजिलले दक्षिण अमेरिकी महादेशको छनोटमा शुक्रबार बिहान इक्वेडरसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

Advertisement

सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।

खेलको छैटाैँ मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

१५औँ मिनेटमा एलेक्जेन्डर डोमिनगुएज सोझै रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा सीमित बन्यो ।

त्यसको पाँच मिनेटपछि नै इमेर्सन रोयल दोहोरो पहेँले कार्ड पाएपछि ब्राजिल पनि १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलमा फर्कन निकै सङ्घर्ष गरेको इक्वेडरले ब्राजिलविरूद्ध दबाब कायमै राख्यो ।

७५औँ मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन नसक्दा १-१ को बराबरीमा सकियो ।

त्यसअघि ब्राजिलका गोलरक्षक एलिसन बेकरले दुई पटक रेड कार्ड पाउने अवस्था सिर्जना भएको थियो ।

रेफ्रीले उनलाई दुवै पटक रातो कार्ड देखाए पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले दुवै पटक कार्ड फिर्ता लिएका थिए ।

यो बराबरीसँगै ब्राजिलले १४ खेलबाट ३६ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ ।

ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।

यता, ब्राजिलसँग बराबरी खेलेको इक्वेडरले छनोटको सम्भावना जीवितै राखेको छ।

यो बराबरीसँगै इक्वेडरको १५ खेलबाट २४ अङ्क भएको छ।

यो समूहबाट शीर्ष ४ टोली विश्वकपमा सोझै छनोट हुनेछन् ।

यसअघिनै ब्राजिलसँगै अर्जेन्टिना पनि छनोट भइसकेको छ ।

अब बाँकी दुई टोली सोझै पुग्नेछन् भने पाँचौ टोलीले प्लेअफ खेल्ने छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०