फिफा विश्वकप छनोटमा जापानको लगातार चौथो जित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
४ वर्षअघि

फिफा विश्वकप छनोट खेलअन्तर्गत जापानले लगातार चाैथो जित दर्ता गरेको छ ।

बिहीबार भएको तेस्रो चरणको खेलमा जापानले चीनमाथि २-० गोलको जित दर्ता गर्दै विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको हो

युया ओसाकोले पहिलो हाफमा पेनाल्टीमा गोल गर्दै चारपल्टको एसियन च्याम्पियनलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा जुनया इतोले जापानको अग्रता दोब्बर बनाए ।

जितसँगै जापान समूह ‘बी’ को दोस्रो स्थानमा छ । समूहका शीर्ष दुई टिम कतारमा हुने सीधै विश्वकपमा पुग्नेछन् र यस्तो प्रतिस्पर्धामा रहेको अस्ट्रेलिया जापानभन्दा एक अङ्कले पछाडि छ ।

यस्तै, अर्को खेलमा अस्ट्रेलियाले भियतनामलाई सहजै ४–० ले हरायो ।

अर्को खेलमा दक्षिण कोरिया १–० ले लेबनानलाई हराएर विश्वकप नजिक पुगेको छ ।

सिडोनमा पाउलो बेन्टोको टिमको जितमा चो गुए–सुङले गोल गरे । सन ह्युङ–मिन र ह्वाङ ही–चानलाई चोटको कारण गुमाएको कोरियाले समूह ‘ए’ मा जितका लागि निकै मिहिनेत गर्नुपर्‍यो ।

टोलीले छनोटका ७ खेलबाट १७ अङ्क जोडेको छ ।

प्रकाशित समय: बिहिबार १३ माघ, २०७८, २१:३०:४१
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आईतबार १० जेठ, २०८३
क्यानद्वारा भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा
आईतबार १० जेठ, २०८३
बाजुरा र हुम्लाको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०