आहा रारा गोल्डकप : अनुभवी टोलीद्वय मनाङ र आर्मीको भिडन्त आज

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
२ वर्षअघि

आहा रारा गोल्डकप फुटबलअन्तर्गत बिहीबार (आज) दोस्रो सेमिफाइनलमा खेल हुँदै छ ।

पोखरामा जारी २०औँ संस्करणको उक्त प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले खेल्न लागेका हुन् ।

पोखरा रङ्गशालामा हुने यो खेल दिउँसो २ः३० बजे हुने छ ।

यस खेलमा दुवै टिम एकअर्कालाई हराउँदै नेपाल एफिएफसँग भेट पक्का गर्ने दाउमा छन् ।

विभागीय टोली एपिएफ क्लब बुधबार भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सीमित मच्छिन्द्र क्लबलाई ३–१ गोलले हराउँदै उपाधि नजिक पुगेको छ ।

आज आमीसँग भिड्न लागेको मनाङ आहा रारा गोल्डकपको अनुभवी टिम हो ।

मनाङ सर्वाधिक धेरै पटक आहा रारा गोल्डकपको सेमिफाइनलमा पुग्ने टिम पनि हो ।

२०५८ सालबाट सुरु भएको गोल्डकपमा मनाङले २० पटक सेमिफाइनल खेल खेलेको छ ।

उसले २०५८, २०५९, २०६०, २०६१, २०६२, २०६३, २०६६, २०६७, २०६८, २०७०, २०७१, २०७२, २०७३, २०७६ र २०७८ मा अन्तिम चारमा स्थान बनाएको हो ।

आर्मी क्लबले भने नौ पटक सेमिफाइनलमा स्थान बनाएको छ ।

हालसम्म आहा रारा गोल्डकपको उपाधि जित्न नसकेको आर्मीले यसअघि २०६०, २०६५, २०६९, २०७२, २०७३, २०७५, २०७६ मा सेमिफाइनल खेल खेलेको थियो ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित समय: बिहिबार १३ माघ, २०७८, ०६:४२:००
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८