थ्रीस्टारलाई पाखा लगाउँदै आर्मी सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
५ वर्षअघि
थ्रीस्टारलाई पाखा लगाउँदै आर्मी सेमिफाइनलमा

२०औं संस्करणको आहा रारा गोल्डकपको अन्तिम क्वाटर फाइनलमा थ्रीस्टारलाई १–० ले पाखा लगाउँदै नेपाल आर्मी फुटबल क्लबले सेमिफाइनलमा आफ्नाे स्थान सुरक्षित गरेकाे छ ।

पोखरा रङ्गशालामा भएकाे खेलकाे पहिलाे हाफ बराबरीमा सकिएकाे थियाे ।

तर दाेस्राे हाफमा राजिव गुरूङ गाेल गर्न सफल भएपछि आर्मीकाे जित सुनिश्चित भयाे ।

खेलकाे आठौं मिनेटमा गाेलरक्षक प्रिसोले थ्रीस्टारको खतरा टारेका थिए । वान भर्सेज वानको स्थितीमा आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीको प्रयासलाई प्रिसोले सुन्दर बचाउ गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सुरू भएकाे दाेस्राे हाफमा भने दुवै टाेलीले एकअर्काकाे पाेस्टमा धावा बाेलेका थिए ।

खेलकाे ६३औं मिनेटमा आर्मीले फ्रिकिक पाएको थियो । टंक बस्नेतलाई थ्रीस्टारका खेलाडीले पेनाल्टी क्षेत्र नजिकै फाउल गरेको पछि पाएको फ्रिकिकलाई आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले सशक्त प्रहार गरेका थिए । तर उनको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गर्दा आर्मी अग्रंता लिनबाट चुकेको थियो ।

६७औं मिनेटमा डोना थापाको प्रहार आर्मीका युद्ध शाहीले ब्लक गरिदिएपछि थ्रीस्टार गोल गर्नबाट वञ्चित भएको थियो ।

दोस्रो हाफको ७०औं मिनेटमा गोल गर्दै राजिव गुरुङले आर्मीलाई अग्रता दिलाएका थिए । घाइते टंक बस्नेतको स्थानमा मैदान आएका गुरुङले मध्यभागबाट जर्ज प्रिन्सले निकालिदिएको पासमा उत्कृष्ट गोल गरेका थिए ।

वान भर्सेज वानमा थ्रीस्टारका गोलरक्षक प्रिन्सो बल बचाउन निकै अगाडि आए पनि गुरुङले सुन्दर प्लेसमेन्ट गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए ।

आजको विजेताले फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दीसँग खेल्नु पर्नेछ । मनाङसँगै नेपाल एपिएफ क्लब र मछिन्द्र क्लब आहा राराको जारी संस्करणको सेमिफाइनलिस्ट टोली हुन् ।

उपाधि जित्ने क्लबले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार नगद पुरस्कारसहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १६:२५:४९
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०