थ्रीस्टारलाई पाखा लगाउँदै आर्मी सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
२ वर्षअघि
थ्रीस्टारलाई पाखा लगाउँदै आर्मी सेमिफाइनलमा

२०औं संस्करणको आहा रारा गोल्डकपको अन्तिम क्वाटर फाइनलमा थ्रीस्टारलाई १–० ले पाखा लगाउँदै नेपाल आर्मी फुटबल क्लबले सेमिफाइनलमा आफ्नाे स्थान सुरक्षित गरेकाे छ ।

पोखरा रङ्गशालामा भएकाे खेलकाे पहिलाे हाफ बराबरीमा सकिएकाे थियाे ।

तर दाेस्राे हाफमा राजिव गुरूङ गाेल गर्न सफल भएपछि आर्मीकाे जित सुनिश्चित भयाे ।

खेलकाे आठौं मिनेटमा गाेलरक्षक प्रिसोले थ्रीस्टारको खतरा टारेका थिए । वान भर्सेज वानको स्थितीमा आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीको प्रयासलाई प्रिसोले सुन्दर बचाउ गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सुरू भएकाे दाेस्राे हाफमा भने दुवै टाेलीले एकअर्काकाे पाेस्टमा धावा बाेलेका थिए ।

खेलकाे ६३औं मिनेटमा आर्मीले फ्रिकिक पाएको थियो । टंक बस्नेतलाई थ्रीस्टारका खेलाडीले पेनाल्टी क्षेत्र नजिकै फाउल गरेको पछि पाएको फ्रिकिकलाई आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले सशक्त प्रहार गरेका थिए । तर उनको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गर्दा आर्मी अग्रंता लिनबाट चुकेको थियो ।

६७औं मिनेटमा डोना थापाको प्रहार आर्मीका युद्ध शाहीले ब्लक गरिदिएपछि थ्रीस्टार गोल गर्नबाट वञ्चित भएको थियो ।

दोस्रो हाफको ७०औं मिनेटमा गोल गर्दै राजिव गुरुङले आर्मीलाई अग्रता दिलाएका थिए । घाइते टंक बस्नेतको स्थानमा मैदान आएका गुरुङले मध्यभागबाट जर्ज प्रिन्सले निकालिदिएको पासमा उत्कृष्ट गोल गरेका थिए ।

वान भर्सेज वानमा थ्रीस्टारका गोलरक्षक प्रिन्सो बल बचाउन निकै अगाडि आए पनि गुरुङले सुन्दर प्लेसमेन्ट गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए ।

आजको विजेताले फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दीसँग खेल्नु पर्नेछ । मनाङसँगै नेपाल एपिएफ क्लब र मछिन्द्र क्लब आहा राराको जारी संस्करणको सेमिफाइनलिस्ट टोली हुन् ।

उपाधि जित्ने क्लबले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार नगद पुरस्कारसहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १६:२५:४९
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८