अफ्रिकी राष्ट्र मोरिससको फुटबल टिम मैत्रीपूर्ण खेल खेल्न सोमबार (आज) नेपाल आइपुगेछ ।
२९ जनवरी र १ फेब्रुअरीमा हुने सो खेल खेल्न मोरिससको टिम आज बिहान काठमाडाैँ आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
नेपालले दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । जसका लागि मङ्गलबारबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३५ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकेका छन् । मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
मोरिसस फिफा वरीयतामा नेपालभन्दा तीन स्थान तल छ । नेपाल एक सय ६९औँ स्थानमा रहँदा मोरिसस एक सय ७२औँ स्थानमा छ ।
नेपाली खेलाडीहरू
विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, अनिश डाँगी, नवीन गुरुङ, नीतिश थापा, पुजन उपरकोटी, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यू ठकुरी, सुशील राई र तेज तामाङ