नेपाल पुलिस क्लबलाई २–० गोलान्तरले पाखा लगाउँदै मनाङ मर्स्याङ्दी क्लब २०औँ संस्करणको ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आइतबार भएको खेलमा मनाङका लागि रुपेश केसी र नाइजेरियन स्ट्राइकर ओलावाले आफिज नायक बने।
मनाङको जितमा केसी र आफिजले समान एक–एक गोल गरे ।
पहिलो हाफमा मनाङलाई रोकेको पुलिसले दोस्रो हाफमा खासै प्रभाव जमाउन नसके पछि हार व्यहाेर्दै प्रतियाेगिताबाट बाहिरियाे ।
खेलकाे ६४औँ मिनेटमा ओलावालेको पासमा गोल गर्दै केसीले मनाङलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ओलावालेले ८७औँ मिनेटमा पुलिसका रक्षकलाई विट गर्दै उत्कृष्ट गाेल गरेपछि मनाङले खेल आफ्नो पोल्टामा पार्याे ।
अब, मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत भाेलि (सोमबार) साविक विजेता संकटा र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।