इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लाले एभर्टनलाई हराएको छ ।
शनिबार भएको खेलमा एस्टोनले एभर्टनमाथि १-० गोलको साँघुरो जित निकालेको हो ।
एभर्टनको मैदान गुडिसन पार्कमा एस्टोनलाई जिताउन इमी बुन्डियाले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै एस्टोनको जितमा निर्णायक बनेको हो ।
जितसँगै एस्टनले २१ खेलमा २६ अङ्क जोडेको छ । एस्टोन अङ्क तालिकाको १०औँ स्थानमा छ । एभर्टन भने १९ अङ्कसहित १६औँ स्थानमा छ ।