टि-ट्वान्टी विश्वकपको खेल तालिका : उद्घाटन खेलमा श्रीलङ्का र नामिविया भिड्ने

टि-ट्वान्टी विश्वकप

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
५ वर्षअघि

अस्ट्रेलियामा हुने आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलङ्का र नामिवियाले खेल्ने भएका छन् ।

आइसिसीले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा श्रीलङ्का र नामिवियाले खेल्ने निश्चित भएको हो ।

पहिलो चरणअन्तर्गत श्रीलङ्का र नामिवियाबीचको खेल अक्टोबर १६ मा अस्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ । पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् ।

त्यसैगरी, समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्टइन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ । यी दुई प्रतियोगिताबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।

प्रतियोगिताको सुपर १२ को खेलहरू अक्टोबर २२ बाट सुरु हुनेछन् । सुपर १२ को पहिलो खेलमा घरेलु राष्ट्र तथा साविक विजेता अस्ट्रेलियाले साविक उपविजेता न्युजिल्यान्डसँग खेल्ने छ ।

सुपर १२ अन्तर्गत भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । भारत, पाकिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिका र पहिलो समूहबाट आउने दुई टोली समूह २ मा हुनेछन् ।

समूह दुईअन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच मेलवर्न क्रिकेट ग्राउन्डमा अक्टुबर २३ तारिखमा हुनेछ । यस्तै, समूह एकमा अफगानिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र न्युजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर ९ मा र दोस्रो सेमिफाइनल नोभेम्बर १० मा हुनेछ । नोभेम्बर १३ मा मेलवर्न क्रिकेट ग्राउन्डमा फाइनल हुनेछ ।

प्रकाशित समय: शुक्रबार ७ माघ, २०७८, १३:२७:१२
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०