ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिरहेको कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि लागू हुने गरि आफ्नो सबै परीक्षा स्थगित गरेको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै त्रि.वि.ले विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकमा संक्रमण देखिएकाले अर्काे सूचना जारी नभएसम्म परीक्षा स्थगित गरिएको जनाएको हो ।
विज्ञप्तिका अनुसार त्रि.वि.द्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा तत्कालका लागि रोकिएको हो ।