प्रधानमन्त्री (पिएम) कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपिएफ क्लबले जितका लागि नेपाल पुलिस क्लबलाई १५८ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले १९ ओभर पाँच बलमा अलआउट हुँदै १५७ रन बनायो ।
एपिएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए भने लोकेश बमले २७ रन जोडे । सन्दीप जोराले २४ रन बनाउँदा कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए ।
पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन-तीन विकेट लिए । गुलशन झाले दुई विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक-एक विकेट लिए ।