आर्मीलाई हराउँदै एपिएफ पिएम कपको फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
५ वर्षअघि

दुई सय ३१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल आर्मीलाई  ४७ रनले रोक्दै एपिएफ क्लब प्रधानमन्त्री कप (पिएम कप) टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एपिएफका तीन खेलाडीले अर्धशतक बनाएपछि दुई सय ३१ रनको विशाल लक्ष्य पछ्याएको आर्मी सुरुवातबाट नै दबाबमा खेलेको थियो ।

Advertisement

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रन जोडेका थिए । त्यसबाहेक, भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरी चौहनले २२ रन बनाएका थिए ।

विशाल लक्ष्य पछ्याएको आर्मीले पावर प्लेमा दुई विकेट गुमाएर ५७ रन बनाएर जवाफी इनिङ सुरुवात गरेको थियो ।

तर आर्मीलाई रोक्न एपिएफका कप्तान शरद भेषवाकरको घातक बलिङले मद्दत गर्याे ।

चार ओभर बलिङ गरेका उनले १६ रन खर्चिदै महत्वपूर्ण तीन विकेट लिए । भेषवाकरले भीम सार्की, हरी चौहान र तुल थापालाई पेभिलियन फर्काएका थिए ।

आजै भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

दुवै टोली आ–आफ्नो समूहको विजेता भन्दै सेमिफाइनलमा आइपुगेका थिए ।

समूह चरणका चार खेलमा अपराजित रहेका एपिएफ र पुलिसले सेमिफाइनलमा पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराएसँगै फाइनल जित्ने टोली अपराजित रहँदै पिएम कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल हुनेछ ।

फाइनल खेल भोलि (बुधबार) कीर्तिपुरस्थित टीयू मैदानमा बिहान नौ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको विजेताले पाँच र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसबाहेक व्यक्तिगत विधातर्फ सर्वाेत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०