साउदी अरबले आगामी दुई वर्षसम्म नेपालको फुटबल विकासमा सहयोग गर्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
५ वर्षअघि

साउदी अरबले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र साउदी अरब फुटबल फेडेरेसन (साफ) का अध्यक्ष यासेर अलमिसेहालले आइतबार नेपाली फुटबलको विभिन्न पक्षमा सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार साउदी अरवले दुई वर्षसम्म नेपाली फुटबलमा सहयोग गर्नेछ ।

सम्झौतामा दुवै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आतिथ्य प्रदान गर्ने, दुई देशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना र विभिन्न उमेर समूह यू–१७, यू–२० र यू–२३ को प्रशिक्षणमा सहयोग आदानप्रदानमा सहयोग हुने जनाइएको छ ।

यस्तै, रेफ्री प्रशिक्षण, भिएआर प्रणाली, युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारलगायत कार्यक्रममा सहयोग हुने उल्लेख छ ।

एन्फा अध्यक्ष शेर्पा हाल साउदी अरबको भ्रमणमा छन् ।

शेर्पाले साउदीमा नेपाली फुटबलको विकासका लागि एसियाली फुटब महासङ्घ (एएफसी) का महासचिव दातो विन्डसर जोन र सहमहासचिव वाहिद कर्दनीसँग पनि भेटवार्ता गरेको एन्फाले जनाएको छ ।

प्रकाशित समय: सोमबार ३ माघ, २०७८, १२:३८:१६
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०