मछिन्द्रकाे जितमा विमल नायक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
३ वर्षअघि

दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै जारी ए डिभिजन लिगमा मछिन्द्रले बिग्रेड ब्वाइजविरुद्ध ४–० को सानदार जित निकालेको छ ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि मछिन्द्रका लागि दोस्रो हाफमा विमल घर्ती मगर नायक बने । मछिन्द्रका लागि विमल दुई गोल र एक असिस्ट गर्न सफल भए ।

दोस्रो हाफको ५६औं मिनेटमा विमलको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । राइट फ्ल्याङ्कबाट छिरिङ गुरुङले निकालिदिएको पासमा रेजिन सुब्बाले एग्रोब्याटिक प्रयास गरे पनि असफल भएपछि विमल घर्ती मगरले हेडरमार्फत गोल गरे ।

पहिलो गोल गर्दै हौसिएको मछिन्द्रले त्यसको पाँच मिनेटपछि नै अग्रता दोब्बर बनाएको थियो । खेलको ६१औं मिनेटमा मगरले नै गोल गर्दै मछिन्द्रलाई बलियो स्थितीमा पुर्याए ।

देवेन्द्र तामाङले आफ्नो हाफबाट गरेको लङ रेन्जर पासमा बिग्रेडका डिफेन्डर इबोडेले गल्ति गरेपछि त्यसको फाइदा उठाउँदै मगरले वान भर्सेज वानमा उत्कृष्ट गोल गरे ।

मछिन्द्रका लागि तेस्रो गोल भने रेजिन सुब्बाको नाममा रह्यो । विमल घर्ती मगरले राइट फ्ल्याङ्कबाट मिलाइदिएको पासमा सुब्बा ८३औंमा मिनेटमा गोल गर्न सफल भए ।

कतारमा उपचार गरेर फर्किएपछि खेलेको लिगको पहिलो खेलमा नै सुब्बा मछिन्द्रका लागि गोल गर्न सफल रहे ।

अतिरिक्त समयको दोस्रो मिनेटमा अभिषेक रिजाल गोल गर्न सफल भएसँगै मछिन्द्र फराकिलो जित निकाल्न सफल भयो । रिजालको गोलका लागि मछिन्द्रका कप्तान सुजल श्रेष्ठले पास मिलाइदिएका थिए ।

आजको जितसँगै मछिन्द्र २३ अङ्कको साथ शीर्ष स्थानमा यथावत् छ । उसले दोस्रो स्थानको मनाङविरुद्ध चार अङ्कको स्पष्ट अग्रता लिएको छ ।
यता मछिन्द्रविरुद्ध हार भोगको बिग्रेड ब्वाइज भने ६ अङ्कका साथ रेलिगेशन जोनभन्दा ठिक माथि अर्थात १२औं स्थानमा छ ।

आज हुने भनिएको दोस्रो खेल भने कोरोनाको कारण स्थगित भएको छ । च्यासलका १९ खेलाडीमा कोभिड संक्रमण देखिएपछि नेपाल पुलिस र च्यासलको खेल अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित गरेको बताएको छ ।

प्रकाशित समय: आईतबार २ माघ, २०७८, १४:५५:०७

सम्बन्धित खबर

सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेस्सी

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

लिभरपुललाई हराउँदै ७० वर्षपछि न्युक्यासलले जित्यो उपाधि !

सोमबार ३ चैत, २०८१
३ दिनअघि

पाँचौं मिल्स गोल्डकप : उद्घाटनमा फ्युजन फुटबल क्लबको विजयी सुरुवात

आईतबार २ चैत, २०८१
४ दिनअघि

रोहित र सन्दीपसहित पाँच खेलाडीले मासिक एक लाख तलब थाप्ने, करण र कुशलको भने घट्यो तलब

बिहिबार २९ फाल्गुण, २०८१
१ हप्ताअघि

चर्च ब्वाइजलाई हराउँदै थ्रीस्टारले जित्यो विराट गाेल्डकपकाे उपाधि

बुधबार २८ फाल्गुण, २०८१
१ हप्ताअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०