मछिन्द्रकाे जितमा विमल नायक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
५ वर्षअघि

दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै जारी ए डिभिजन लिगमा मछिन्द्रले बिग्रेड ब्वाइजविरुद्ध ४–० को सानदार जित निकालेको छ ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि मछिन्द्रका लागि दोस्रो हाफमा विमल घर्ती मगर नायक बने । मछिन्द्रका लागि विमल दुई गोल र एक असिस्ट गर्न सफल भए ।

दोस्रो हाफको ५६औं मिनेटमा विमलको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । राइट फ्ल्याङ्कबाट छिरिङ गुरुङले निकालिदिएको पासमा रेजिन सुब्बाले एग्रोब्याटिक प्रयास गरे पनि असफल भएपछि विमल घर्ती मगरले हेडरमार्फत गोल गरे ।

पहिलो गोल गर्दै हौसिएको मछिन्द्रले त्यसको पाँच मिनेटपछि नै अग्रता दोब्बर बनाएको थियो । खेलको ६१औं मिनेटमा मगरले नै गोल गर्दै मछिन्द्रलाई बलियो स्थितीमा पुर्याए ।

देवेन्द्र तामाङले आफ्नो हाफबाट गरेको लङ रेन्जर पासमा बिग्रेडका डिफेन्डर इबोडेले गल्ति गरेपछि त्यसको फाइदा उठाउँदै मगरले वान भर्सेज वानमा उत्कृष्ट गोल गरे ।

मछिन्द्रका लागि तेस्रो गोल भने रेजिन सुब्बाको नाममा रह्यो । विमल घर्ती मगरले राइट फ्ल्याङ्कबाट मिलाइदिएको पासमा सुब्बा ८३औंमा मिनेटमा गोल गर्न सफल भए ।

कतारमा उपचार गरेर फर्किएपछि खेलेको लिगको पहिलो खेलमा नै सुब्बा मछिन्द्रका लागि गोल गर्न सफल रहे ।

अतिरिक्त समयको दोस्रो मिनेटमा अभिषेक रिजाल गोल गर्न सफल भएसँगै मछिन्द्र फराकिलो जित निकाल्न सफल भयो । रिजालको गोलका लागि मछिन्द्रका कप्तान सुजल श्रेष्ठले पास मिलाइदिएका थिए ।

आजको जितसँगै मछिन्द्र २३ अङ्कको साथ शीर्ष स्थानमा यथावत् छ । उसले दोस्रो स्थानको मनाङविरुद्ध चार अङ्कको स्पष्ट अग्रता लिएको छ ।
यता मछिन्द्रविरुद्ध हार भोगको बिग्रेड ब्वाइज भने ६ अङ्कका साथ रेलिगेशन जोनभन्दा ठिक माथि अर्थात १२औं स्थानमा छ ।

आज हुने भनिएको दोस्रो खेल भने कोरोनाको कारण स्थगित भएको छ । च्यासलका १९ खेलाडीमा कोभिड संक्रमण देखिएपछि नेपाल पुलिस र च्यासलको खेल अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित गरेको बताएको छ ।

प्रकाशित समय: आईतबार २ माघ, २०७८, १४:५५:०७
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०