काैटिन्होको डेब्यू गोलमा युनाइटेडसँग एस्टन भिल्लाको बराबरी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
५ वर्षअघि

एस्टन भिल्लाले इङ्ग्लिस प्रिमियर लिगको सर्वाधिक सफल क्लब म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा भिल्ला र युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

जारी जनवरी विन्डोमा मात्र स्पेनिस क्लब बार्सिलोनाबाट भिल्ला पार्क पुगेका फिलिप्पे काैटिन्होले डेब्यू गोल गरेपछि एस्टन भिल्लाले युनाइटेडसँग बराबरी खेलेको हो ।

Advertisement

उनले खेलको ८०औँ मिनेटमा गोल गरेसँगै इङ्ग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाका लागि डेब्यु गोल गरेका हुन् । भिल्ला पार्कमा युनाइटेडको दोब्बर अग्रता उल्टाउँदै घरेलु टिमले बराबरी खेलेको हो ।

खेलको छैटौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेडले सुरुआती अग्रता बनाएको थियो । ६७औँ मिनेटमा फर्नान्डेसले दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

खेलको ७७औँ मिनेटमा जाकोब राम्सेले गोल गर्दै भिल्लालाई खेलमा फर्काउने प्रयास गरे । ८१औँ मिनेटमा कौटिन्होले गोल गरेपछि भिल्ला खेलमा फर्किएको हो ।

यो बराबरीसँगै २३ अङ्क बनाएको भिल्ला लिगको १३औँ स्थानमा छ भने ३२ अङ्क बनाएको युनाइटेड सातौँ स्थानमा छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०