इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टन वरीयतामा शीर्ष स्थानमा उक्लिएका प्रिन्स दाहाल योनेक्स नेपालको ब्रान्डको एम्बेसडरमा चयन भएका छन् ।
प्रिन्सलाई सम्मानस्वरुप योनेक्सको नेपाली आधिकारिक वितरक संस्था इनासका प्रोपाइटर राजु बास्तोलाले एक वर्षको लागि नेपालको ब्रान्ड एम्बेसडरमा चयन गरेको बताए ।
शनिबार एक कार्यक्रबीच संस्थाले दाहाललाई दुई लाख रुपैयाँ र प्रशंसापत्रसहित सम्मानसमेत गरेको छ । प्रिन्सले ब्रान्ड एम्बेसडर भएबापत एक वर्षसम्म आवश्यक योनेक्सका सम्पूर्ण सामग्री प्राप्त र प्रयोग गर्नेछ ।
उनलाई एसियाली देशहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च बेहोर्ने प्रोपाइटर बास्तोलाले जानकारी दिए ।