प्रिन्सलाई प्रधानमन्त्री देउवाको बधाई

बधाई
बिहिबार २९ पुस, २०७८
५ वर्षअघि

प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत देउवाले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थान कब्जा गरेका युवा खेलाडी प्रिन्सलाई बधाई दिएका हुन् ।

‘विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको विश्व वरीयतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्विटमा लेखेका छन् ।

Advertisement

यस्तै, प्रिन्सलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत बधाई दिएको छ । ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) ले मङ्गलबार (जनवरी ११) सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ नेपालका दाहाल शीर्षस्थानमा रहेका छन् ।

दोस्रो स्थानको जस्टिन होलाई आठ सय १० अङ्कले पछि पार्दै दाहाल शीर्षस्थानमा उक्लिएका हुन् । पहिलो पटक शीर्षस्थानमा पुग्न सफल दाहालको १० हजार चार सय अङ्क रहेको छ । उनीभन्दा पछि रहँदै दोस्रो स्थानमा रहेका मलेसियाको होको नौ हजार ५ सय ९० अङ्क रहेको छ ।

विश्व ब्याडमिन्टनमा नेपालले जुनियर र अन्य वरीयतामा पाएको यो सबैभन्दा ठूलो वरीयता हो । विपक्षीविरुद्ध कडा रुपमा उत्रिने दाहालको पछिल्लो समयको प्रदर्शन निकै लोभलाग्दो रहँदै आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०