नतिजामा बलियो रियल, बदला लिने दाउमा बार्सिलोना

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
२ वर्षअघि

साउदी अरबस्थित किङ्ग फहद रङ्गशालामा आज चिरप्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोना एक आपसमा भिड्दै छन् ।

‘एलक्लासिको’ नामले परिचित यी दुईबीचको खेल गोल र स्कोरको मात्र नभई प्रतिष्ठासँग पनि जोडिएकाले अझै विशेष छ । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको प्रतिस्पर्धाका कारण झनै चर्चित बनेको एलक्लासिकोमा ०१८/१९को सिजनयता मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा हुन छाडेपनि यसले विश्व फुटबल र फ्यानमा ल्याउने उत्साहमा कुनै कमी आएको छैन ।

स्पेनिस सुपर कपअन्तर्गत सेमिफाइनलमा आज यी दुई क्लब भिड्दा पछिल्ला खेलहरूमा रियल मड्रिडसामु निरीह बनिरहेको बार्सिलोनासँग बदला लिने मौका छ ।

२०१७ मा लुइस इनरिके क्लबबाट बिदा भएसँगै आफूलाई सम्हाल्न प्रयास गरिरहेको बार्सिलोनाले त्यसयता चार प्रशिक्षक परिवर्तन गरिसकेको छ ।

इनरिकेपछि क्लबलाई नेतृत्व दिन आएका अर्नेस्टो भाल्भर्डले क्लबलाई गति दिन खोजे पनि बार्सिलोनाले पाएको उचाइ बचाउन सकेनन् । त्यसपछि आएका क्विके सेटिइन, रोनाल्ड कोइमान र सर्जि बार्जुआन (अन्तरिम प्रशिक्षक)ले क्लबलाई अघि बढाउन प्रयास गरे पनि असफल रहे ।

यता प्रशिक्षक क्लबलाई उपाधि दिन असफल बनिरहँदा बार्सिलोनाका खेलाडी पनि चल्न सकेनन् । खेलाडी र प्रशिक्षक नै चल्न नसकेपछि एलक्लासिकोमा पनि बार्सिलोना निरीह बन्न थाल्यो ।

बार्सिलोनाको जस्तै रियलमा पनि प्रशिक्षक परिवर्तन देखियो । २०१८को सिजनबाट जिनेदिन जिदानले क्लब छाडेसँगै रियलले तीन प्रशिक्षक परिवर्तन गरिसकेको छ । जुलेन लोपेटेगुइ, सान्टियागो सोलारी र जिदानले क्लब सम्हालेर आ–आफ्नो बाटो लागेसँगै हाल क्लबलाई कार्लाे एन्सोलोटीले सम्हालिरहेका छन् ।

त्यसैले आजको एलक्लासिको भिडन्तमा टचलाइनमा रियलको तर्फबाट एन्सोलोटी देखिँदा बार्सिलोनाका तर्फबाट भने जाभी हर्नान्डेज हुनेछन् ।

०१७/१८ यता नौ एलक्लासिको खेलिसकेका यी दुई टोलीमध्ये तीन खेल बार्सिलोनाले र चार खेल रियलले जितेको छ । एलक्लासिकोको दुई खेल भने बराबरीमा टुङ्गिएको छ । नौ्मध्ये एक खेल गोलरहित बराबरीमा सकिँदा आठ खेलमा २६ गोल भएको छ । जसमध्ये १४ गोल बार्सिलोनाले गरेको छ भने १२ गोल रियलको नाममा छ ।

सबै प्रतियोगितामा गरी यी दुई क्लबले दुई सय ४७ एलक्लासिको खेलिसकेका छन् । जसमध्ये ९९ खेल रियलले जित्दा ९६ खेलमा बार्सिलोनाले बाजी मारेको छ । बाँकी रहेका ५२ खेल भने बराबरीमा टुङ्गिएको छ ।

स्पेनिस सुपर कपमा भने यी दुई टोली १४ पटक एकअर्काविरुद्ध मैदान उत्रिएका छन् । १४मध्ये दुई खेल बराबरीमा सकिँदा चार खेल बार्सिलोना र आठ खेल रियलले जितेको छ ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, ००:१४:४४
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८