नतिजामा बलियो रियल, बदला लिने दाउमा बार्सिलोना

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
५ वर्षअघि

साउदी अरबस्थित किङ्ग फहद रङ्गशालामा आज चिरप्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोना एक आपसमा भिड्दै छन् ।

‘एलक्लासिको’ नामले परिचित यी दुईबीचको खेल गोल र स्कोरको मात्र नभई प्रतिष्ठासँग पनि जोडिएकाले अझै विशेष छ । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको प्रतिस्पर्धाका कारण झनै चर्चित बनेको एलक्लासिकोमा ०१८/१९को सिजनयता मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा हुन छाडेपनि यसले विश्व फुटबल र फ्यानमा ल्याउने उत्साहमा कुनै कमी आएको छैन ।

स्पेनिस सुपर कपअन्तर्गत सेमिफाइनलमा आज यी दुई क्लब भिड्दा पछिल्ला खेलहरूमा रियल मड्रिडसामु निरीह बनिरहेको बार्सिलोनासँग बदला लिने मौका छ ।

२०१७ मा लुइस इनरिके क्लबबाट बिदा भएसँगै आफूलाई सम्हाल्न प्रयास गरिरहेको बार्सिलोनाले त्यसयता चार प्रशिक्षक परिवर्तन गरिसकेको छ ।

इनरिकेपछि क्लबलाई नेतृत्व दिन आएका अर्नेस्टो भाल्भर्डले क्लबलाई गति दिन खोजे पनि बार्सिलोनाले पाएको उचाइ बचाउन सकेनन् । त्यसपछि आएका क्विके सेटिइन, रोनाल्ड कोइमान र सर्जि बार्जुआन (अन्तरिम प्रशिक्षक)ले क्लबलाई अघि बढाउन प्रयास गरे पनि असफल रहे ।

यता प्रशिक्षक क्लबलाई उपाधि दिन असफल बनिरहँदा बार्सिलोनाका खेलाडी पनि चल्न सकेनन् । खेलाडी र प्रशिक्षक नै चल्न नसकेपछि एलक्लासिकोमा पनि बार्सिलोना निरीह बन्न थाल्यो ।

बार्सिलोनाको जस्तै रियलमा पनि प्रशिक्षक परिवर्तन देखियो । २०१८को सिजनबाट जिनेदिन जिदानले क्लब छाडेसँगै रियलले तीन प्रशिक्षक परिवर्तन गरिसकेको छ । जुलेन लोपेटेगुइ, सान्टियागो सोलारी र जिदानले क्लब सम्हालेर आ–आफ्नो बाटो लागेसँगै हाल क्लबलाई कार्लाे एन्सोलोटीले सम्हालिरहेका छन् ।

त्यसैले आजको एलक्लासिको भिडन्तमा टचलाइनमा रियलको तर्फबाट एन्सोलोटी देखिँदा बार्सिलोनाका तर्फबाट भने जाभी हर्नान्डेज हुनेछन् ।

०१७/१८ यता नौ एलक्लासिको खेलिसकेका यी दुई टोलीमध्ये तीन खेल बार्सिलोनाले र चार खेल रियलले जितेको छ । एलक्लासिकोको दुई खेल भने बराबरीमा टुङ्गिएको छ । नौ्मध्ये एक खेल गोलरहित बराबरीमा सकिँदा आठ खेलमा २६ गोल भएको छ । जसमध्ये १४ गोल बार्सिलोनाले गरेको छ भने १२ गोल रियलको नाममा छ ।

सबै प्रतियोगितामा गरी यी दुई क्लबले दुई सय ४७ एलक्लासिको खेलिसकेका छन् । जसमध्ये ९९ खेल रियलले जित्दा ९६ खेलमा बार्सिलोनाले बाजी मारेको छ । बाँकी रहेका ५२ खेल भने बराबरीमा टुङ्गिएको छ ।

स्पेनिस सुपर कपमा भने यी दुई टोली १४ पटक एकअर्काविरुद्ध मैदान उत्रिएका छन् । १४मध्ये दुई खेल बराबरीमा सकिँदा चार खेल बार्सिलोना र आठ खेल रियलले जितेको छ ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, ००:१४:४४

सम्बन्धित खबर

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
६ घण्टाअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
६ घण्टाअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ दिनअघि
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०