निर्धारित समय सकिनु एक मिनेटअगाडि गोल खाएपछि बार्सिलोनाले ला लिगाअन्तर्गत ग्रानडासँग अङ्क बाँडेको छ । शनिबार राति ग्रानडासँग उसैको मैदानमा १–१ गोलको बराबरीमा सकिएपछि बार्सिलोनाले अङ्क बाँडेको हो ।
खेलमा बार्सिलोनाले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औँ मिनेटमा लुक डी योङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
७९औँ मिनेटमा गाभीले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित बन्यो । ८९औँ मिनेटमा एन्टोनियो पुएर्टासले गोल गरेपछि बार्सिलोना अङ्क बाँड्न बाध्य भएको हो ।
बराबरीसँगै छैटौँ स्थानको बार्सिलोनाले २० खेलमा ३२ अङ्क बनाएको छ । ग्रानडा २४ अङ्कका साथ १२औँ स्थानमा छ ।