कौटिन्हो इंग्लिस प्रिमियर लिग फर्कन सक्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
५ वर्षअघि

बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो इंग्लिस प्रिमियर लिग फर्कन सक्ने भएका छन् ।

लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना आएयता आफूलाई अब्बल साबित गर्न प्रयासरत कौटिन्होलाई भित्र्याउन नाम चलेका इंग्लिस क्लब लागि परिरहेका छन् । तीमध्ये एस्टन भिल्ला सबैभन्दा अब्बल दाबेदारका रुपमा प्रस्तुत भएको छ ।

Advertisement

स्पेनिस खेल पत्रिका मार्काका अनुसार एस्टन भिल्लाले लोनमा कौटिन्हो भित्र्याउन बार्सिलोनासँग कुराकानी अघि बढाइसकेको छ ।

यस सिजन बार्सिलोनाको जर्सिमा १६ खेल खेलिसकेका कौटिन्हो अधिकाशं समय बेन्चबाट मैदान प्रवेश गरिरहेका छन् । सुरुवाती ११ मा पर्न निकै सकस परिरहेको कौटिन्हो धेरै समय खेलेर आउँदो कतार विश्वकपमा ब्राजिलको टोलीमा पर्न चाहन्छन् ।

बार्सिलोनाका वर्तमान मुख्य प्रशिक्षक जाभी हर्नान्डेज पनि कौटिन्होको प्रदर्शनलाई लिएर सन्तुष्ट हुन सकिरहेका छैनन् । त्यसैले जाभी पनि उनलाई जसरी भए पनि क्लबबाट हटाउने मनासयमा पुगेका छन् ।

कौटिन्होलाई बिक्री गर्नु वा लोनमा कुनै क्लबमा पठाउन यदि बार्सिलोना सफल भयो भने भर्खरै क्लबमा भित्र्याएको फेरान टोरेस र क्लबमा आउने नयाँ खेलाडीलाई ला लिगामा दर्ता गर्न बार्सिलोना सफल हुनेछ ।

एस्टन भिल्लाका प्रशिक्षक स्टेभन जेरार्ड र कौटिन्होले कुनै बेला लिभरपुलको जर्सिमा सँगै खेलेका थिए । जेरार्ड कौटिन्होको खेल कौशलको ठूलो प्रशसंक हुन् त्यसैले पनि उनी २९ वर्षीय ब्राजिलियनलाई आफ्नो टोलीमा भित्र्याउन लागि परेका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धानको माग
बुधबार २४ असार, २०८३
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
बुधबार २४ असार, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बुधबार २४ असार, २०८३
उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
बुधबार २४ असार, २०८३
सुनवर्षीका प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालको नजरमा संघीय सरकारको सय दिन
बुधबार २४ असार, २०८३
‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०