कौटिन्हो इंग्लिस प्रिमियर लिग फर्कन सक्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
५ वर्षअघि

बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो इंग्लिस प्रिमियर लिग फर्कन सक्ने भएका छन् ।

लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना आएयता आफूलाई अब्बल साबित गर्न प्रयासरत कौटिन्होलाई भित्र्याउन नाम चलेका इंग्लिस क्लब लागि परिरहेका छन् । तीमध्ये एस्टन भिल्ला सबैभन्दा अब्बल दाबेदारका रुपमा प्रस्तुत भएको छ ।

Advertisement

स्पेनिस खेल पत्रिका मार्काका अनुसार एस्टन भिल्लाले लोनमा कौटिन्हो भित्र्याउन बार्सिलोनासँग कुराकानी अघि बढाइसकेको छ ।

यस सिजन बार्सिलोनाको जर्सिमा १६ खेल खेलिसकेका कौटिन्हो अधिकाशं समय बेन्चबाट मैदान प्रवेश गरिरहेका छन् । सुरुवाती ११ मा पर्न निकै सकस परिरहेको कौटिन्हो धेरै समय खेलेर आउँदो कतार विश्वकपमा ब्राजिलको टोलीमा पर्न चाहन्छन् ।

बार्सिलोनाका वर्तमान मुख्य प्रशिक्षक जाभी हर्नान्डेज पनि कौटिन्होको प्रदर्शनलाई लिएर सन्तुष्ट हुन सकिरहेका छैनन् । त्यसैले जाभी पनि उनलाई जसरी भए पनि क्लबबाट हटाउने मनासयमा पुगेका छन् ।

कौटिन्होलाई बिक्री गर्नु वा लोनमा कुनै क्लबमा पठाउन यदि बार्सिलोना सफल भयो भने भर्खरै क्लबमा भित्र्याएको फेरान टोरेस र क्लबमा आउने नयाँ खेलाडीलाई ला लिगामा दर्ता गर्न बार्सिलोना सफल हुनेछ ।

एस्टन भिल्लाका प्रशिक्षक स्टेभन जेरार्ड र कौटिन्होले कुनै बेला लिभरपुलको जर्सिमा सँगै खेलेका थिए । जेरार्ड कौटिन्होको खेल कौशलको ठूलो प्रशसंक हुन् त्यसैले पनि उनी २९ वर्षीय ब्राजिलियनलाई आफ्नो टोलीमा भित्र्याउन लागि परेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०