काराबाओ कप : चेल्सीले टोटनहमलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
५ वर्षअघि

लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सीले टोटनहममाथि २–० गोलको जित निकालेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जिताउन काइ हाभर्ट्जले एक गोल गरे । चेल्सीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको पाँचौँ मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा बेन डेभिजले आत्मघाती गोल गरेपछि चेल्सीले २–० गोलको जित निकालेको हो ।

जितसँगै चेल्सीले सेमिफाइनलको पहिलो लेगमा अग्रता बनाएको छ । अब, दोस्रो लेगको खेल १२ जनवरीमा टोटनह्यामको मैदानमा हुनेछ । यस खेलमा यही नतिजा कायम राख्न सके चेल्सी फाइनलमा पुग्नेछ । टोटेनहमलाई कम्तिमा पनि ३–० को जित आवश्यक छ । २–० को जितले खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकरमा लम्बिन सक्नेछ ।

दुवै लेगको विजेता टिमले आर्सनल र लिभरपुलबीचको विजेता टिमसँग उपाधिका लागि खेल्ने छ । कारबाओ कपको फाइनल २७ फेब्रुअरीमा हुनेछ ।

कोभिडका कारण लिभरपुल र आर्सनलबीचको खेल स्थगित हुन पुग्दा खेल तालिका प्रभावित बनेको छ । पहिलो लेग १३ जनवरीमा तथा दोस्रो लेग २० जनवरीमा हुनेछ ।

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, ०७:५९:०३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०