काराबाओ कप : चेल्सीले टोटनहमलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
४ वर्षअघि

लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सीले टोटनहममाथि २–० गोलको जित निकालेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जिताउन काइ हाभर्ट्जले एक गोल गरे । चेल्सीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको पाँचौँ मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा बेन डेभिजले आत्मघाती गोल गरेपछि चेल्सीले २–० गोलको जित निकालेको हो ।

जितसँगै चेल्सीले सेमिफाइनलको पहिलो लेगमा अग्रता बनाएको छ । अब, दोस्रो लेगको खेल १२ जनवरीमा टोटनह्यामको मैदानमा हुनेछ । यस खेलमा यही नतिजा कायम राख्न सके चेल्सी फाइनलमा पुग्नेछ । टोटेनहमलाई कम्तिमा पनि ३–० को जित आवश्यक छ । २–० को जितले खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकरमा लम्बिन सक्नेछ ।

दुवै लेगको विजेता टिमले आर्सनल र लिभरपुलबीचको विजेता टिमसँग उपाधिका लागि खेल्ने छ । कारबाओ कपको फाइनल २७ फेब्रुअरीमा हुनेछ ।

कोभिडका कारण लिभरपुल र आर्सनलबीचको खेल स्थगित हुन पुग्दा खेल तालिका प्रभावित बनेको छ । पहिलो लेग १३ जनवरीमा तथा दोस्रो लेग २० जनवरीमा हुनेछ ।

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, ०७:५९:०३
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
How to Locate Live Casino Games Online
बुधबार २५ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
Finest Online Gambling Enterprises with PayPal: A Comprehensive Guide
बुधबार २५ असार, २०८२
Online Casinos Accepting PayPal: A Convenient and Secure Repayment Choice
मङ्गलबार २४ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०