सधैँ कप्तान बन्न आएको होइन, देशका लागि खेल्छु : पूर्वकप्तान मल्ल

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभरि कप्तान बन्नका लागि नआएको बताएका छन् । मङ्गलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणका लागि कीर्तपुरस्थित टियु मैदानमा पुगेका मल्लले पत्रकारहरूसँगको कुराकानीमा आफूले देशका लागि खेल्ने बताए ।

उनले नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलाडीबीच केही कुरामा असन्तुष्टि देखिए पनि विवाद भनेर चित्रित गरिएको बताउँदै अब सबै खेलाडी विश्वकप छनोटमा केन्द्रित हुने पनि बताए । मल्लले भने ‘वर्षौँदेखि खेल्दै आएको खेलाडीलाई अकस्मात बिनाकारण विवादमा आउँदा स्वाभाविक रूपमा आत्मसमानमा असर पर्छ । तर जीवनमा मुभ हुनु पर्छ। सधैँका लागि कप्तान हुन आएको पनि होइन, त्यसैले देशका लागि, मेरो लागि र परिवारका लागि खेल्छु।’

Advertisement

‘हामी एकअर्काबीच दुस्मनी छैन’, उनले थपे, ‘१०-१२ वर्षदेखि हामी सबै सँगै खेलिरहेका छौँ कसैसँग मनमुटाव भएको होइन । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यत्रो दिन यस्तो अवस्था आउँथेन । वर्गीकरण गर्दा हामीलाई जानकारी गराइएको थिएन । त्यसैले अलिअलि असन्तुष्टि पैदा भएको हो ।’

त्यस्तै क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ता लिने सहमति भएको पनि मल्लले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०