एम्बाप्पेको ह्याट्रिक, पिएसजी अन्तिम १६ मा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
५ वर्षअघि

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको अन्तिम ३२ को खेलमा वेन्सलाई ४–० गोलले हराउँदै पिएसजी प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले ह्याट्रिक गोल गरे भने प्रिसनेल किम्पेम्बेले एक गोल गरे । पिएसजीले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको २८औँ मिनेटमा किम्पेम्बेले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५९औँ मिनेटमा एम्बाप्पेले गोल गरेपछि पिएसजीले आफ्नो अग्रता दोब्बर बनायो । ७१औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको अग्रता तेब्बर बनाए भने त्यसको पाँच मिनेटपछि तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । र, पिएसजीलाई ४–० गोलको सानदार जित दिलाए ।

यससँगै एम्बाप्पेले पिएसजीका लागि १९६ खेलमा १५० गोल पूरा गरेका छन् । पिएसजीले पछिल्ला सात फ्रेन्च कप जितेको छ । पिएसजी सन् २०१५ पछि सबै संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित समय: मङ्गलबार २० पुस, २०७८, ०७:४८:००
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०