युनाइटेड ४२ वर्षपछि उल्भ्ससँग घरेलु मैदानमा पराजित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
४ वर्षअघि

म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा उल्भ्ससँग हार बहोरेको छ । सोमबार राति युनाइटेड उल्भ्ससँग १–० गोलले स्तब्ध भएको हो ।

ओल्ड ट्राफोर्डमा उल्भ्सलाई जिताउन जोआओ माउटिन्होले निर्णायक गोल गरेका थिए । खेलको ८२औँ मिनेटमा माउटिन्होले गोल गर्दै पाहुना टिमलाई महत्त्वपूर्ण अङ्क दिलाए ।

यससँगै युनाइटेडले ४२ वर्षपछि उल्भ्ससँग घरेलु मैदानमा पराजित भएको छ । यसअघि उसले सन् १९८० मा उल्भ्ससँग ओल्ड ट्राफोर्डमा हार बेहोरेको थियो ।

यस्तै, युनाइटेडका अन्तरिम प्रशिक्षकको रूपमा राल्फ रङ्गनिकको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

खेलमा उल्भ्सका गोलकिपर जोसे साले इन्जुरी समयमा उत्कृष्ट बचाउ गरेका थिए । ब्रुनो फर्नान्डेजको फ्रि–किकलाई उनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।

जितसँगै उल्भ्स आठौँ स्थानमा उक्लिएको छ । उसले १९ खेलमा २८ अङ्क जोडेको छ । युनाइटेड भने ३१ अङ्कका साथ सातौँ स्थानमा छ । युनाइटेड शीर्ष स्थानमा म्यानचेस्टर सिटीभन्दा २२ अङ्कले पछि परेको छ ।

प्रकाशित समय: मङ्गलबार २० पुस, २०७८, ०७:३५:५९
देशभर नयाँ सवारी साधनको दर्ता रोक्का
शुक्रबार ८ जेठ, २०८३
कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले बैठक जारी
शुक्रबार ८ जेठ, २०८३
नियमित दौडका क्रममा सशस्त्र प्रहरीका सात जवान बेहोस
शुक्रबार ८ जेठ, २०८३
जेठ १४ गते देशभर सार्वजनिक बिदा
शुक्रबार ८ जेठ, २०८३
बालेनको मौनताले उठाएका प्रश्न
शुक्रबार ८ जेठ, २०८३
रवि लामिछानेले प्रदेश सांसदहरूसँग चरणबद्ध छलफल सुरु गर्दै, पार्टी सुदृढीकरणमा जोड
शुक्रबार ८ जेठ, २०८३
सुदूरपश्चिममा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान
शुक्रबार ८ जेठ, २०८३
पाकिस्तानका प्रधानमन्त्री सरिफ चीन भ्रमणमा जाने
शुक्रबार ८ जेठ, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादव विश्वासको मत लिँदै
शुक्रबार ८ जेठ, २०८३
दुहबीमा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न, मेयर पत्नी सहित ३८ जनालाई प्रमाणपत्र वितरण
बिहिबार ७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०