सामाजिक सञ्जालमा अश्लील फोटो तथा भिडियो शेयर गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ ।
प्रहरीहरूले नै यौन सामग्री शेयर गरेको पाइएपछि कारबाही प्रक्रिया थालिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले कानुन सबैका लागि बराबर हुने हुँदा कानुन विपरित काम गर्ने जो कोहीलाई कारबाही गरिने बताएका छन् ।
कुँवरका अनुसार प्रहरी विभाग अन्तर्गत केही व्यक्तिहरूले सामाजिक सञ्जालमा अश्लील सामाग्री सावर्जनिक गरिरहेको सूचना आइसकेपछि छानबिन थालिएको छ ।
छिट्टै दोषीलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।