क्यान र खेलाडीबीच सहमति, कप्तानमा सन्दीप नै रहने !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ पुस, २०७८
५ वर्षअघि

नेपाल क्रिकेट सङ्घ (क्यान) र अनुशासन कारबाही गरिएका चार खेलाडीबीच सहमति भएको छ । आइतबार छलफल गरेर क्यान पदाधिकारी र खेलाडीबीच सहमति गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

सहमतिअनुसार क्यानले यसअघिका नियमित कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र, सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि सन् २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा लगाएको प्रतिबन्ध फुकुवा गर्न तयार भएको छ ।

क्यानका अनुसार कप्तान सन्दीप लामिछानेलाई दिनेमा दुवै पक्षबीच सहमति भएको छ । यसअघि खेलाडीको श्रेणी विभाजन र सेन्ट्रल कन्ट्रयाक्टको विषयमा असहमति जनाउँदै मल्ल लगायत खेलाडीले क्यानविरुद्ध प्रचारबाजी गरेको भन्दै कारबाही गरिएको थियो ।

क्यान बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्दै सन्दीपलाई कप्तानमा नियुक्त गरेको थियो । खेलाडीले भने क्यानको निर्णयमा असन्तुष्ट जनाउँदै प्रशिक्षणमा सहभागी नहुने अडान राख्दै आएका थिए । क्यानले शनिबार प्रशिक्षणका लागि ३० खेलाडी बोलाएपनि १६ खेलाडी मात्र उपस्थित थिए ।

आइतबार साँझ खेलाडी र क्यानका पदाधिकारीबीच सहमति भएसँगै सोमबारबाट सबै खेलाडी आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी बन्न सहमत भएका छन् ।

प्रशिक्षक पुबुदु दसानायकेको निगरानीमा नेपाली टोलीले सोमबारदेखि कीर्तिपुरमा प्रशिक्षण क्याम्प सुरु गर्नेछ । बन्द प्रशिक्षणका लागि यसअघिनै क्यानले ३० जना प्रारम्भिक खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

प्रकाशित समय: आईतबार १८ पुस, २०७८, २०:३१:२६
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०