विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउसो १:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
बैठकमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै मंगलबार बसेको बैठकले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।