अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, दुवै सदनको नियन्त्रणका लागि प्रतिस्पर्धा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ कार्तिक, २०८३
७ घण्टाअघि

अमेरिकामा सन् २०२६ को मध्यावधि निर्वाचनको मतगणना जारी रहँदा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभा र सिनेट दुवैतर्फ अग्रता बनाएको छ । प्रारम्भिक नतिजाले डेमोक्र्याटलाई उत्साहजनक सुरुवात दिलाएको छ ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार प्रतिनिधि सभाका कुल ४३५ सिटमध्ये १३२ सिटको नतिजा सार्वजनिक हुँदा डेमोक्र्याटले ८५ सिट जितेका छन् भने थप १११ सिटमा अग्रता लिएका छन् । रिपब्लिकनले ४७ सिट जित्दा ७४ सिटमा अगाडि छन् । प्रतिनिधि सभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ ।

Advertisement

सिनेटतर्फ उत्तरी क्यारोलिनामा डेमोक्र्याटिक उम्मेदवार रोय कूपरले रिपब्लिकन उम्मेदवार माइकल व्हाटलीलाई पराजित गरेका छन् । यस्तै, जर्जियामा जोन ओसफ पुनः निर्वाचित भएका छन् भने न्यु ह्याम्पसायरमा क्रिस पप्पास विजयी भएका छन् ।

जर्जियाको गभर्नर पदमा पनि डेमोक्र्याटिक उम्मेदवार किएशा लान्स बटम्स निर्वाचित भएकी छन् । यससँगै उनी अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बनेकी छन् । यता, फ्लोरिडामा भने रिपब्लिकनले सिनेट र गभर्नर दुवै पद आफ्नो नियन्त्रणमा राखेका छन् ।

सिनेटमा बहुमत कायम गर्न ५१ सिट आवश्यक छ । हाल रिपब्लिकनसँग ५३ र डेमोक्र्याटसँग ४५ सिट रहेकाले सदनको नियन्त्रणका लागि प्रतिस्पर्धा तीव्र बनेको छ । यसपटक चुनाव भएका ३५ सिनेट सिटमध्ये डेमोक्र्याटले ११ सिट जितेर थप ७ सिटमा अग्रता लिएका छन् भने रिपब्लिकनले ५ सिट जित्दै ६ सिटमा अग्रता कायम गरेका छन् ।

यस निर्वाचनमा महँगी, इरानसँगको युद्ध, आप्रवासन नीति र लोकतन्त्रको अवस्थाजस्ता विषय प्रमुख चुनावी मुद्दा बनेका छन् । मध्यावधि चुनावको अन्तिम परिणामले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका बाँकी दुई वर्षमा सरकारका नीति तथा विधायिकी योजनाको कार्यान्वयनमा प्रभाव पार्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने
बुधबार १९ कार्तिक, २०८३
टेस्ट बलिङमा स्टार्क पुनः शीर्ष स्थानमा, विभिन्न खेलाडीको वरीयतामा सुधार
बुधबार १९ कार्तिक, २०८३
मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय
बुधबार १९ कार्तिक, २०८३
प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्‌ बैठक बस्दै
बुधबार १९ कार्तिक, २०८३
स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउन नेपाल र जापानबीच छलफल
बुधबार १९ कार्तिक, २०८३
परराष्ट्रमन्त्री खनाल र भारतका विदेशसचिव मिश्रीबिच भेट
बुधबार १९ कार्तिक, २०८३
अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, दुवै सदनको नियन्त्रणका लागि प्रतिस्पर्धा
बुधबार १९ कार्तिक, २०८३
दक्षिण अफ्रिकी स्टार डेभिड मिलर नेपालमा, कर्णाली याक्सबाट एनपीएल खेल्ने
बुधबार १९ कार्तिक, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीबीच भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
बुधबार १९ कार्तिक, २०८३
इनम सापकोटा प्रकरणलाई लिएर कांग्रेस महामन्त्री संग्रौलाको सरकारमाथि प्रश्न
बुधबार १९ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०