१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीसँग जोडिएको बताइएको छ।
भ्रमणका क्रममा उनले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उनले प्रधानमन्त्री शाहसँग पनि भेट गर्ने कार्यतालिका छ।
नेपाल र भारतबीचको उच्चस्तरीय कूटनीतिक संवादका लागि भएको यस भ्रमण सकेर विदेश सचिव मिश्री भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।