अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ असोज, २०८३
३ घण्टाअघि

अमेरिकाका दुई फरक सहरमा केही घण्टाको अन्तरालमा भएका सामूहिक गोलीकाण्डमा १४ जनाको ज्यान गएको छ। घटनामा बालबालिका र गर्भवती महिलासमेत परेका छन्।

स्थानीय समयअनुसार शुक्रबार साँझ जर्जियाको डगलसस्थित एक घरमा गोली चल्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

Advertisement

त्यसैगरी, पेन्सिलभेनियाको एरीमा भएको अर्को गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ। मृतकमा दुई बालबालिका र एक गर्भवती महिला पनि रहेको सहर प्रशासनले जनाएको छ। प्रहरी घटनास्थल पुग्नुअघि नै घटनामा संलग्न व्यक्तिसहित नौ जनाको मृत्यु भइसकेको थियो।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावितलाई सहयोग गर्न प्रशासन तयार रहेको बताएका छन्।

एरीका प्रहरी प्रमुख रिक लोराहले आफ्नो २८ वर्षभन्दा लामो सेवाकालमा यस्तो कठिन घटना नदेखेको बताएका छन्। प्रहरीले दुवै घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार
आईतबार २५ असोज, २०८३
निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह
आईतबार २५ असोज, २०८३
अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीको बाढीले गोरखा–धादिङ जोड्ने पुल बगायो
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी नदीमा पानीको सतह खतराभन्दा माथि, ६ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
आईतबार २५ असोज, २०८३
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०