एक लाख धरौटीमा रिहा भए डा. तपेश्वरलाल कर्ण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ माघ, २०८०
३ वर्षअघि

विराटनगर । नवजात शिशु बेचेको कसुरमा पक्राउ परेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत विराटनगरले बिहीबार ६८ वर्षीय कर्ण र सूर्यनारायण राजवंशीलाई जनही एक-एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले उनीहरूलाई धरौटीमा छोडन आदेश गरेको हो ।

अदालतले शिशुका बाबु गोविन्द राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रबीरजंग राणाले जानकारी दिए ।

हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशुको जन्म भएको थियो ।

विराटनगरस्थित ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका थिए ।

कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बुबा गोविन्दसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए । कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ ।

उनले आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु बेचेका थिए ।

प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । जसपछि उनीसहित तीन जनालाई मोरङ अदालतले गत असोज २४ गते पूर्पक्षका लागि जेल चलान गरेको थियो ।

कर्णसहित कटहरी गाउँपालिका–४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा जम्मा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरूले पाँच लाख रुपैयाँमा शिशुको आमालाई झुक्याएर बिक्री गरेको खुलेको थियो ।

जिल्ला अदालतबाट डा.कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।

मोरङको कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

पुर्पक्षमा रहेका कर्ण र चौधरीले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए ।

प्रकाशित समय: बिहिबार ४ माघ, २०८०, २१:२१:२८

सम्बन्धित खबर

सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह

बुधबार १३ साउन, २०८३
३ हप्ताअघि

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शनिवार ९ साउन, २०८३
४ हप्ताअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
४ हप्ताअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
१ महिनाअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
१ महिनाअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
१ महिनाअघि
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०