३० वर्षपछि घरेलु मैदानमा श्रीलङ्कालाई उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ८ असार, २०७९
४ वर्षअघि
श्रीलङ्का

श्रीलङ्काले तीन दशकपछि आफ्नै भूमिमा अष्ट्रेलियाविरूद्ध द्विपक्षीय एकदिवसिय (ओडिआई) शृङ्खला उपाधि जित्न सफल भएको छ ।

पाहुना टोली अष्ट्रेलियाविरुद्धको चौथो खेलमा चार रनको रोमाञ्चक जित दर्ता गर्दै श्रीलङ्काले सिरिजको एक खेल अगावै पाँच खेलको एकदिवसिय शृङ्खलामा ३–१ को अग्रता लिँदै सिरिज कब्जामा लिएको हो ।

पहिले ब्याटिङ गरेकाे श्रीलङ्काले पूरै ओभर खेल्दै सबै विकेट गुमाएर दुई सय ५४ रन बनाएको थियाे ।

टस जितेर ब्याटिङको निम्तो पाएकाे श्रीलङ्काले ओपनिङमा निकै खराब प्रदर्शन गरेको थियाे । आफ्ना सुरुवाती तीन ब्याटरलाई २८ रनमा गुमाएको श्रीलङ्काकाे इनिङलाई क्रिजमा आएका डिएम डी सिल्भा र असलन्काले जाेगाएका थिए ।

डिएम र असलन्काले उत्कृष्ट साझेदारी गरेपश्चात्त श्रीलङ्काले प्रतिस्पर्धात्मक रन बटुल्न सकेको थियो ।

असलन्काले शतकीय इनिङ खेल्दै टोलीको उद्दार गरे । एक सय ६ बलको सामना गरेका उनले एक छक्का र १० चौकाको मद्दतमा एक सय १० रनको योगदान दिए । अर्काे इन्डबाट उनलाई साथ दिएका डी सिल्भाले ६० (६१) रन बनाए ।

त्यसबाहेक दुनि वेलालागे (१९) र वान्निदु हसारङ्गाले (२१) श्रीलङ्काका लागि रन बटुल्नुबाहेक अन्य खेलाडी अस्ट्रेलियाका बलरसामु निरीह साबित भए ।

अस्ट्रेलियाका कुहनेमान, कुमिन्स र मार्सले समान दुई–दुई विकेट लिँदा म्याक्सवेलको नाममा एक विकेट रह्यो ।

प्रेमाडासा रङ्गशालामा भएको खेलमा दुई सय ५९ रनको मध्यम लक्ष्य पाएको अस्टे«लियाले पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर दुई सय ५४ रन सीमित भएपछि श्रीलङ्काले खेलमा चार रनको जित निकालेको थियो ।

अस्ट्रेलियाका लागि ओपनर वार्नरले सर्वाधिक ९९ रन बनाए । शतकबाट एक रनले चुकेका वार्नरलाई श्रीलङ्काका विकेटकिपर डिकवेलाले ‘स्टम्प्ड’ गरेका थिए ।

वार्नरबाहेक कुमिन्सले ३५, हेडले २७ र मार्सले २६ रन बटुले पनि अन्य सात ब्याटर सस्तैमा समेटिएपछि अस्ट्रेलियाले खेल गुमाएको थियो ।

श्रीलङ्काको जितका लागि करुनारत्ने, धनन्जय, जेफ्री वान्डरसेले समान दुई विकेट लिएका थिए । थिकसाना, वानिन्दु हसारङ्गा, वेलालगे र सानाकाले आ–आफ्नो पोल्टामा एक–एक विकेट लिएपछि श्रीलङ्काको जित निश्चित बनेको थियो ।

इनिङको अन्तिम बलमा पाँच रन चाहिएको अवस्थामा श्रीलङ्काका सनकाले कुहनेमानलाई असलन्कामार्फत क्याच गराएपछि श्रीलङ्ककाले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

पहिलो खेलमा अस्ट्रेलियाले डक वर्थ लुइस नियमका आधारमा दुई विकेटको जित निकालेको थियो । तर त्यसपश्चात्त उत्कृष्ट पुनरागमन गर्दै श्रीलङ्काले दोस्रो खेलमा २६ रन (डक वर्थ लुइस) र तेस्रो खेलमा ६ विकेटको जित हात पार्दै सिरिजमा पकड जमाएको थियो ।

दुई राष्ट्रबीचको अन्तिम तथा पाँचौँ खेल कोलम्बोमा शुक्रबार हुनेछ ।

तीन टी२०आई, पाँच एकदिवसिय र दुई टेस्टका लागि श्रीलङ्का भ्रमणमा रहेको अस्ट्रेलिया टेस्ट सिरिज भने जून २९ तारिखबाट सुरू गर्नेछ ।

प्रकाशित समय: बुधबार ८ असार, २०७९, १२:२८:३६
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०