इटहरीमा बम विस्फोट, दुई जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ चैत, २०७८
४ वर्षअघि
बम विस्फोट

सुनसरीको इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा इटहरी उपमहानगरपालिका–२ हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र लमजुङ–५ ढोडेनीका २३ वर्षीय शेरजङ्ग गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति थापाको डेराभित्रै बम विस्फोट भएको थियो ।

गएराति साढे १० बजेतिर सो दुर्घटना भएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

घाइते थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनको भनाइ छ ।

घाइतेमध्ये थापाको आँखामा चोट लागेको छ भने गुरुङको शरीरका विभिन्न अङ्गहरूमा चोट लागेको छ ।

विस्फोट भएको बम सुतली बम भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार थापाको डेरामा गुरुङ १५ दिनअघि आएका थिए । उनले ल्याएको झोलामा उक्त विस्फोटक पदार्थ थियो ।

तथापि, विस्फोट कसरी भयो भन्ने विषयमा अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए ।

‘घटनास्थलबाट हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद छ’ उनले भने ‘बाँकी हामी अनुसन्धान गरिरहेका छौँ ।’

यता, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काका अनुसार उपचारको लागि पठाइएका दुवैको अवस्था सामान्य छ ।

गुरुङ भने विस्फोटका कारण छर्रा लागेर गम्भीर घाइते उनले बताए ।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ ।

हिमाल सुरक्षा परिषदको पर्चा सशस्त्र युद्धको घोषणा गरेको सङ्गठन भएको प्रहरीले जनाएको छ ।

यो सङ्गठनले गत फागुन १५ गते एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो।

सङ्घीयता खारेज, पाँच विकास क्षेत्र र हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसिसी सम्झौता खारेज गरिनुपर्नेलगायत माग राखेर यो सङ्गठनले सशस्त्र युद्धको घोषणा गरेको हो ।

सोही परिषद्ले झापाको बिर्तामोड र दमकमा आतङ्क सिर्जना गरेको थियो ।

गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक–५ मा रहेको एक चर्चको गेटमा शङ्कास्पद वस्तु राखेकाे आरोपमा नाै जना पक्राउ परेका थिए ।

यो पनि : भाषा परीक्षाका लागि आवेदन खुला

प्रकाशित समय: मङ्गलबार १५ चैत, २०७८, ११:१५:३२

सम्बन्धित खबर

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

बुधबार १६ ब‌ैशाख, २०८३
११ घण्टाअघि

मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू

बुधबार १६ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत

बुधबार १६ ब‌ैशाख, २०८३
१३ घण्टाअघि

पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
१३ घण्टाअघि

कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
१४ घण्टाअघि

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र

बुधबार १६ ब‌ैशाख, २०८३
१४ घण्टाअघि
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०