च्याम्पियन्स लिग : युनाइटेड र एथ्लेटिको भिड्दै, चम्केलान् रोनाल्डो ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
४ वर्षअघि
च्याम्पियन्स लिग

युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज (मङ्गलबार) अन्तिम १६ अन्तर्गत दोस्रो लेगका दुई खेलहरू हुँदै छन् ।

च्याम्पियन्स लिगअन्तर्गत आज हुने दुवै खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुने छन् ।

Advertisement

आजको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस च्याम्पियन एथ्लेटिको मड्रिडले प्रतिस्पर्धा गर्दै छ ।

यो खेल इङ्ग्ल्यान्डस्थित ओल्ड ट्राफोर्डमा हुने छ ।

यो खेलमा दुवै टोली एकअर्कामाथि जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउने योजनामा छन् ।

यसअघि एथ्लेटिकोको मैदानमा भएको पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।

यसैले आजको खेलमा जित निकाल्ने टिम अघिल्लो चरणमा प्रवेश गर्ने छ ।

एथ्लेटिकोविरुद्ध पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना छ ।

युनाइटेडका स्ट्राइकर रोनाल्डोको एथ्लेटिकोविरुद्ध तथ्याङ्क उत्कृष्ट छ ।

रोनाल्डोले एथ्लेटिकोविरुद्ध ३६ खेल खेल्दा ३० गोलमा योगदान दिएका छन् ।

उनले एथ्लेटिकोविरुद्ध २५ गोल र पाँच असिस्ट गरेका छन् ।

रोनाल्डो सम्मेलित टोलीले एथ्लेटिकोलाई १६ पटक हराएको छ भने १० पटक बराबरी खेलेको छ ।

यस्तै, नौ खेलमा भने रोनाल्डोको टिमले हार बेहोरेको छ ।

अनि रोनाल्डो सम्मेलित रियलले सन् २०१४ र २०१६ गरी दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर एथ्लेटिकोलाई हराउँदै उपाधि जितेको छ ।

सन् २०१० मा ला लिगाअन्तर्गत रियल मड्रिडले एथ्लेटिकोलाई २–० गोलले हराउँदा रोनाल्डोले पहिलो पटक एथ्लेटिकोविरुद्ध खेलेका थिए ।

त्यसयता उनले एथ्लेटिकोको पोस्टमा चार पटक ह्याट्रिक गोल गरिसकेका छन् ।

यसैले पनि प्रशिक्षक राल्फ राङ्गनिकले उनलाई प्लेइङ सेटमै राख्ने सम्भावना रहेको छ ।

३७ वर्षीय रोनाल्डोले अघिल्लो खेलमा पनि ह्याट्रिक गर्रदे सनसनी मच्चाएका कारण प्रशिक्षक उनको प्रदर्शनबाट लोभिएका छन् ।

रोनाल्डोको ह्याट्रिक गोलको सहायतामा इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हटस्परमाथि जित दर्ता गरेको थियो ।

शनिबार राति घरेलु मैदानमा युनाइटेडले टोटनह्यामलाई ३–२ गोलले हराएको हो ।

यस्तै आजको अर्को खेलमा नेदरल्यान्ड्सको आयाक्सले पोर्चुगलको बेन्फिकासँग खेल्दै छ ।

अघिल्लो लेगमा २–२ गोलको बराबरी खेलेका कारण दोस्रो लेगमा जित निकाल्ने टोली अन्तिम आठमा पुग्ने छ ।

यो पनि :

महिला यु-१८ साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा

सोमबार २२ असार, २०८३
२ घण्टाअघि

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
१९ घण्टाअघि

इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने

आईतबार २१ असार, २०८३
२० घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०