धरान जेब्रा झाेला शव प्रकरणः सनाखतको लागि सहयोग गर्न प्रहरीकाे अपिल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ फाल्गुण, २०७८
५ वर्षअघि
जेब्रा झाेला शव प्रकरण

सुनसरीको धरान उपमहानगरपालिकामा दुईवटा जेब्रा झोलाभित्र फेला परेको मानव अङ्गको पहिचान हुन सकेको छैन ।

बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

बुधबार दिउँसो धरान–४ नौकिलोस्थित धरान–भेडेटार सडक खण्डनजिक मानिसको टाउको र खुट्टा भेटिएको थियो ।

त्यसपछि तालिमप्राप्त कुकुरसहित अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय धरानको टोली अर्को जेब्रा झोलाभित्र शरीर फेला पारेको हो ।

शवको पहिचान हुन नसकेपछि प्रहरीले शवको तस्विर सार्वजनिक गरेको छ । सञ्चारमाध्यमलाई पठाइएको उक्त तस्विरमा मृत व्यक्तिको आँखा समेत फुटाइएको छ ।

दुई दिनमा दुई स्थानमा झोलाभित्र प्याक गरेर फालिएको पुरुषको शव भेटिए पनि उनी को हुन् भन्ने पहिचान खुलेको छैन ।

पहिचान हुन नसकेपछि प्रहरीले नै ती पुरुषको अनुहार प्रष्ट देखिने तस्बिर सार्वजनिक गर्दै सनाखतको लागि सहयोग गर्न अपिल गरेको छ ।

प्रहरीका अनुसार शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

सुनसरी प्रहरी प्रवक्ता नरेन्द्र कार्कीले अनुसार बीभत्स अवस्थामा शवका टुक्रा भेटिएको स्थानबाट करिब एक किलोमिटर माथिल्लो भागमा अर्को जेब्रा झोला फेला परेको हो ।

स्थानीय खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल गएका बेला जेब्रा झोलाभित्र खुट्टा र टाउको देखेर प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएका मानिसको उमेर करिब ४० देखि ४२ वर्ष भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थल धरान–१३ को जिरोपोइन्टबाट लगभग ९ किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
२ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
२ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
२३ घण्टाअघि

अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर

शुक्रबार ३० असोज, २०८३
२४ घण्टाअघि
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०