विराटनगरमा प्राविधिक शिक्षा तथा सीप मेला हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ ब‌ैशाख, २०८३
४ महिनाअघि

विराटनगर । विराटनगरमा प्राविधिक शिक्षा तथा सीप सम्बन्धी शैक्षिक मेला तथा प्रदर्शनी सञ्चालन हुने भएको छ ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँगको समन्वय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिभिटि) कोशी प्रदेश कार्यालयको आयोजनामा आगामी जेठ २ र ३ गते सीप सम्बन्धी शैक्षिक मेला तथा प्रदर्शनी सञ्चालन हुने भएको हो ।

आयोजक समिति सदस्य पवन भण्डारीका अनुसार मेलाको उद्घाटन जेठ २ गते बिहान ९ बजे हुनेछ ।

‘सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता’ भन्ने मूल नारासहित श्री आदर्श माध्यमिक विद्यालयमा हुने मेलामा कोशी प्रदेशका १४ जिल्लाबाट शिक्षक, विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिहरुको सहभागिता रहनेछ ।

मेलामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि लगायतका विषयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना सीप र परियोजनाको प्रदर्शनी गर्नेछन् ।

साथै ४० वटा शैक्षिक स्टल, करियर परामर्श, छात्रवृत्ति तथा भर्ना सम्बन्धी जानकारीसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन हुने मेलामा हजारौँको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रकाशित समय: बिहिबार २४ ब‌ैशाख, २०८३, १५:२८:३९
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०