मध्यपूर्वमा इजरायल–अमेरिका र इरानबीच बढ्दो सैन्य तनाव: खाडीका १७ लाखभन्दा बढी नेपालीको सुरक्षाबारे चिन्ता

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ फाल्गुण, २०८२
३ महिनाअघि

काठमाडौं । मध्यपूर्व क्षेत्रमा इजरायल–अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कम भएको छैन। मिसाइल तथा हवाई आक्रमण जारी रहँदा खाडी मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षाबारे चिन्ता बढेको छ।

इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस लक्षित गरी मिसाइल आक्रमण गरिरहेकाले साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन र ओमान लगायत देशमा सुरक्षा जोखिम बढेको छ। सरकारका अनुसार ती देशमा करिब साढे १७ लाख नेपाली काम तथा अध्ययनका लागि रहेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाबारे त्यहाँस्थित नेपाली दूतावास र नियोगहरूले निरन्तर निगरानी गरिरहेका छन् र मन्त्रालयलाई नियमित जानकारी पठाइरहेका छन्।

यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो। फेब्रुअरी २८ मा इरानले गरेको ड्रोन आक्रमणमा नेपाल, भारत र बंगलादेशका एक–एक जनाको मृत्यु भएको थियो। श्रेष्ठको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ।

मन्त्रालयका अनुसार यूएईमा इरानको आक्रमणमा परी केही नेपाली घाइते भएका छन्। अधिकांश घाइते सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमा उपचाररत छन्।

परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरूको अद्यावधिक विवरण संकलनका लागि सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबारसम्म ५४ हजार ७८६ नेपालीले आफ्नो विवरण दर्ता गरिसकेका छन्। प्राप्त विवरणका आधारमा आवश्यक सहयोगको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

तनाव बढ्दै गएपछि वैदेशिक रोजगार विभागले फागुन १७ देखि लागू हुनेगरी साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जाने श्रमिकलाई प्रदान गरिने श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ। ती देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पनि रोकिएको छ।

मध्यपूर्वको अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी एक्सन रुम’ स्थापना गरी २४ घण्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। दूतावास, सम्बन्धित मन्त्रालय तथा नेपाली समुदायसँग समन्वय गरी आवश्यक सहयोग तथा उद्धारका तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।

कतार र कुवेतको आकाश उडानका लागि बन्द भए पनि साउदी अरब र ओमानतर्फ केही उडान पुनः सञ्चालनमा आएका छन्। यूएईमा पनि सीमित उडान सञ्चालनमा छन्। यूएईले उडान ढिला वा बन्द भएका कारण समयमै देश छाड्न नसकेका यात्रुको ओभरस्टे जरिबाना माफी गर्ने निर्णय गरेको छ।

मन्त्रालयले मध्यपूर्वमा रहेका सबै नेपालीलाई संयमित र सचेत रहन, स्थानीय सरकार र नेपाली नियोगले जारी गरेका सूचना पालना गर्न तथा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। साथै संवेदनशील अवस्थामा फोटो, भिडियो वा अडियो सामग्री खिच्ने तथा सामाजिक सञ्जालमा आदान–प्रदान नगर्न पनि अनुरोध गरेको छ।

हालको परिस्थितिबारे नेपालका प्रधानमन्त्रीले यूएईका राष्ट्रपति र कतारका प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणबारे छलफल गरेकी छन्। साथै परराष्ट्र मन्त्रालयले विभिन्न देशका नेपाली नियोगका अधिकारीहरूसँग भर्चुअल बैठक गरी आवश्यक समन्वयलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित समय: मङ्गलबार २६ फाल्गुण, २०८२, ०८:२८:०७

सम्बन्धित खबर

संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए

मङ्गलबार १२ जेठ, २०८३
१३ घण्टाअघि

‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’

मङ्गलबार १२ जेठ, २०८३
१४ घण्टाअघि

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई

मङ्गलबार १२ जेठ, २०८३
१६ घण्टाअघि

पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन

मङ्गलबार १२ जेठ, २०८३
१७ घण्टाअघि

सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल

मङ्गलबार १२ जेठ, २०८३
१७ घण्टाअघि

सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?

मङ्गलबार १२ जेठ, २०८३
१७ घण्टाअघि
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०