रतुवामाई नगरपालिकाले राहत सामग्री बगरमा गाडेको विषयमा सांसद उप्रेतीको चासो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेतीले राहतका लागि खरिद गरेको खाद्यवस्तु काम नलाग्ने अवस्थामा पुग्नु र त्यसलाई गुपचुप नष्ट गर्नु गलत भएको बताएका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद उप्रेतीले समयमा राहत र किसानलाई अनुदान वितरण नगरी नष्ट हुने अवस्था आउनु दुःखद भएको भन्दै घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

Advertisement

सांसद उप्रेतीले जनतालाई वितरण गर्नुपर्ने सामान गोदाममा थन्क्याएर राख्ने र काम नलाग्ने अवस्थामा पुगेपछि कुनै कानुनी प्रक्रिया पूरा नगरी रातारात नष्ट गरेको आशंका गरेका छन् ।

उनले खरिद प्रक्रियामाथि नै प्रश्न उठ्न सक्ने देखिएको घटनाको सत्यतथ्य छानविन गर्न नगरपालिकाको नेतृत्वलाई आग्रह गरेका छन् ।

रतुवामाई नगरपालिकामा माटोमुनि गाडेको अवस्थामा खाद्य सामग्री र बीउ-बिजन फेला परेको थियो ।

नगरपालिकाले कोरोना समयमा विभिन्न दातृ संस्थाले दिएको अनुदानको खाद्य सामग्री, विभिन्न प्रकारका बीउ-बिजन रतुवाखोला किनारमा गाडेको भेटिएको थियो ।

शुक्रबार स्थानीयले पाएको सूचनाका आधारमा सञ्चारकर्मीलाई लिएर केही सामाजिक अगुवाहरू रतुवामाई–७ को रतुवाखोला किनारमा रहेको डम्पिङ साइडमा उत्खनन् गरेका थिए ।

डम्पिङ साइडको छेउमा झार नउम्रिएको बालुवा भेटिएपछि स्थानीयले सोही ठाउँमा उत्खनन गरेर हेर्दा क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले अनुदानमा दिएको गड्यौला मल (भर्मी कम्पोष्ट) भेटिएको थियो ।

२५ केजीको सात बोरा मल भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जय राजलवट, लेखा अधिकृत रिता सिग्देल, प्रशासन शाखाका अधिकृत नरहरि निरौला र नगर प्रमुख नागेश्वरप्रसाद सिंहसहितको टोली घटनास्थलमा पुगेपछि जेसीवी लगाएर थप उत्खनन गरिएको थियो ।

उत्खनन गर्दा दुई बोरा बीउ-बिजन, थप चार बोरा मल, नुन, दुई बोरा कुहिएको चामल, तेलका पाउच, दाल एक बोरा र सावुन भेटिएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०