रतुवामाईमा माटोमुनि गाडेको अवस्थामा भेटियो अनुदानमा आएका सामग्री

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ८ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा माटोमुनि गाडेको अवस्थामा खाद्य सामग्री र बीउ-बिजन फेला परेपछि स्थानीय आक्रोशित बनेका छन् ।

नगरपालिकाले कोरोना समयमा विभिन्न दातृ संस्थाले दिएको अनुदानको खाद्य सामग्री, विभिन्न प्रकारका बीउ-बिजन रतुवाखोला किनारमा गाडेको भेटिएको हो।

शुक्रबार स्थानीयले पाएको सूचनाका आधारमा सञ्चारकर्मीलाई लिएर केही सामाजिक अगुवाहरू रतुवामाई–७ को रतुवाखोला किनारमा रहेको डम्पिङ साइडमा उत्खनन् गरेका थिए ।

डम्पिङ साइडको छेउमा झार नउम्रिएको बालुवा भेटिएपछि स्थानीयले सोही ठाउँमा उत्खनन गरेका थिए ।

खनेर हेर्दा क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले अनुदानमा दिएको गड्यौला मल (भर्मी कम्पोष्ट) भेटिएको थियो ।

२५ केजीको सात बोरा मल भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जय राजलवट, लेखा अधिकृत रिता सिग्देल, प्रशासन शाखाका अधिकृत नरहरि निरौला र नगर प्रमुख नागेश्वरप्रसाद सिंहसहितको टोली घटनास्थलमा पुगेपछि जेसीवी लगाएर थप उत्खनन गरिएको थियो ।

उत्खनन गर्दा दुई बोरा बीउ-बिजन, थप चार बोरा मल, नून, दुई बोरा, कुहिएको चामल, तेलका पाउच, दाल एक बोरा र सावुन भेटिएको थियो ।

किसानलाई अनुदानमा दिन ल्याएको मल र तरकारीको बीउ बिजन नष्ट भएको देखेपछि स्थानीयले आक्रोश पोखेका हुन् ।

कोभिडका बेला आएको सामान किन वितरण भएन । जिल्लाकै सबैभन्दा बढी ब्यावसायिक तरकारी किसान रहेको पालिकामा तरकारीको बीउ ल्याएर किसानलाई नदिइ खाल्डो खनेर गाड्नु किसानका लागि अपमान भएको स्थानीयको ठहर छ ।

स्थानीयले मरेको पशुपंक्षी गाड्न जेसिबी आयो होला भनेर पहिला वास्ता गरेनन् । तर, जब चामल छरिएको देखेपछि अन्न गाडेको अनुमान लगाए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय राजलवटले अघिल्लो कार्यकालमा आएको सामान वितरण नहुँदै म्याद गुज्रेकोले नष्ट गरिएको बताए ।

नगरपालिकाका कृषि शाखा प्रमुख नरहरि निरौलाले गोदाम खाली गर्ने क्रममा म्याद गुज्रेको केही सामान भेटिएकाले त्यो सामान वितरण गर्नभन्दा नष्ट गर्न उचित ठानेर गाडिएको बताए ।

जिन्सी शाखा प्रमुख महेन्द्र ठाकुरले कति सामग्री नष्ट गरिएको भन्ने जानकारी नरहेको बताए ।

ठाकुरका अनुसार राहत सङ्कलन र वितरणका लागि छुट्टै सर्वदलीय समिति बनाइएको थियो । तर, सामान नष्ट गर्न प्रहरी, सर्वदलीय प्रतिनिधि, वडाध्यक्ष र पत्रकारलाई रोहवरमा राखिएको छैन् ।

प्रशासकीय अधिकृत राजलवटले कति सामग्री नष्ट भयो भन्ने तथ्याङ्क नगरमा नरहेको बताए ।

कृषि शाखा प्रमुख निरौलाले माघ १७ गतेभन्दा अघि ती सामानहरू गाडिएको बताए । तर, स्थानीयले भने २१–२२ दिन अघि गाडिएको दाबी गरेका छन् ।

प्रकाशित समय: शनिवार ८ ब‌ैशाख, २०८१, १३:०८:३९

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०