रतुवामाई नगरपालिकाको गैर-जिम्मेवारपूर्ण कामको विरोध गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ ब‌ैशाख, २०८१
२ हप्ताअघि

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले दातृ निकायबाट प्राप्त खाद्यान्न सामग्री तथा बिउबिजन गाडेको विषयलाई लिएर नगरप्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रको नगर कमिटीले नगरप्रमुख नागेश्वरप्रसाद सिंहलाई ज्ञापनपत्र बुझाउँदै छानबिन गरी उक्त गैर-जिम्मेवारपूर्ण काममा संलग्नलाई कारबाही गर्न आग्रह गरेको हो ।

रतुवामाई नगरपालिकामा माटोमुनि गाडेको अवस्थामा खाद्य सामग्री र बीउ-बिजन फेला परेपछि अहिले स्थानीय आक्रोशित बनेका छन् ।

नगरपालिकाले कोरोना समयमा विभिन्न दातृ संस्थाले दिएको अनुदानको खाद्य सामग्री, विभिन्न प्रकारका बीउ-बिजन रतुवाखोला किनारमा गाडेको भेटिएको थियो ।

शुक्रबार स्थानीयले पाएको सूचनाका आधारमा सञ्चारकर्मीलाई लिएर केही सामाजिक अगुवाहरू रतुवामाई–७ को रतुवाखोला किनारमा रहेको डम्पिङ साइडमा उत्खनन् गरेका थिए ।

डम्पिङ साइडको छेउमा झार नउम्रिएको बालुवा भेटिएपछि स्थानीयले सोही ठाउँमा उत्खनन गरेर हेर्दा क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले अनुदानमा दिएको गड्यौला मल (भर्मी कम्पोष्ट) भेटिएको थियो ।

२५ केजीको सात बोरा मल भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जय राजलवट, लेखा अधिकृत रिता सिग्देल, प्रशासन शाखाका अधिकृत नरहरि निरौला र नगर प्रमुख नागेश्वरप्रसाद सिंहसहितको टोली घटनास्थलमा पुगेपछि जेसीवी लगाएर थप उत्खनन गरिएको थियो ।

उत्खनन गर्दा दुई बोरा बीउ-बिजन, थप चार बोरा मल, नून, दुई बोरा, कुहिएको चामल, तेलका पाउच, दाल एक बोरा र सावुन भेटिएको थियो ।

किसानलाई अनुदानमा दिन ल्याएको मल र तरकारीको बीउ-बिजन नष्ट भएपछि विरोध गर्दै माओवादी केन्द्र रतुवामाई नगर कमिटीले नगरप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

यथाशीघ्र आफूहरूको माग सम्बोधन नभए र नगरबासीले उठाएका आवाजहरूको बेवास्ता गरिएमा कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनीसमेत नगर कमिटीको छ ।

प्रकाशित समय: आईतबार ९ ब‌ैशाख, २०८१, १७:११:१७
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०