रतुवामाई नगरपालिकाको गैर-जिम्मेवारपूर्ण कामको विरोध गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले दातृ निकायबाट प्राप्त खाद्यान्न सामग्री तथा बिउबिजन गाडेको विषयलाई लिएर नगरप्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रको नगर कमिटीले नगरप्रमुख नागेश्वरप्रसाद सिंहलाई ज्ञापनपत्र बुझाउँदै छानबिन गरी उक्त गैर-जिम्मेवारपूर्ण काममा संलग्नलाई कारबाही गर्न आग्रह गरेको हो ।

Advertisement

रतुवामाई नगरपालिकामा माटोमुनि गाडेको अवस्थामा खाद्य सामग्री र बीउ-बिजन फेला परेपछि अहिले स्थानीय आक्रोशित बनेका छन् ।

नगरपालिकाले कोरोना समयमा विभिन्न दातृ संस्थाले दिएको अनुदानको खाद्य सामग्री, विभिन्न प्रकारका बीउ-बिजन रतुवाखोला किनारमा गाडेको भेटिएको थियो ।

शुक्रबार स्थानीयले पाएको सूचनाका आधारमा सञ्चारकर्मीलाई लिएर केही सामाजिक अगुवाहरू रतुवामाई–७ को रतुवाखोला किनारमा रहेको डम्पिङ साइडमा उत्खनन् गरेका थिए ।

डम्पिङ साइडको छेउमा झार नउम्रिएको बालुवा भेटिएपछि स्थानीयले सोही ठाउँमा उत्खनन गरेर हेर्दा क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले अनुदानमा दिएको गड्यौला मल (भर्मी कम्पोष्ट) भेटिएको थियो ।

२५ केजीको सात बोरा मल भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जय राजलवट, लेखा अधिकृत रिता सिग्देल, प्रशासन शाखाका अधिकृत नरहरि निरौला र नगर प्रमुख नागेश्वरप्रसाद सिंहसहितको टोली घटनास्थलमा पुगेपछि जेसीवी लगाएर थप उत्खनन गरिएको थियो ।

उत्खनन गर्दा दुई बोरा बीउ-बिजन, थप चार बोरा मल, नून, दुई बोरा, कुहिएको चामल, तेलका पाउच, दाल एक बोरा र सावुन भेटिएको थियो ।

किसानलाई अनुदानमा दिन ल्याएको मल र तरकारीको बीउ-बिजन नष्ट भएपछि विरोध गर्दै माओवादी केन्द्र रतुवामाई नगर कमिटीले नगरप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

यथाशीघ्र आफूहरूको माग सम्बोधन नभए र नगरबासीले उठाएका आवाजहरूको बेवास्ता गरिएमा कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनीसमेत नगर कमिटीको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०