महाजात्रा : हास्दा-हास्दै रुवाउँछ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० चैत, २०८०
३ वर्षअघि

विराटनगर । नेपाली चलचित्र जात्रा शृंखलाको तेस्रो कडी हो, महाजात्रा । यस ‘सिक्वेल’ को पहिलो कडी जात्रा र दोस्रो जात्रैजात्रालाई दर्शकले औधी मन पराइदिए ।

सोही कारण हौसिएको निर्माण पक्षले ‘महाजात्रा’लाई विश्वका विभिन्न देशमा बेग्लाबेग्लै वितरकमार्फत एकै साथ प्रदर्शन थालेको छ ।

Advertisement

प्रदीप भट्टराईको निर्देशन र कथा लेखनमा बनेकोको महाजात्राको कथाको केन्द्रमा उही तीन शीर्ष पात्र फणीन्द्र (विपिन कार्की), जोयस (रवीन्द्र सिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) छन् ।

जीवनलाई उकास्न पैसा प्राप्तिको प्रयत्नमा रहेका उनीहरू यसपालि जब कालोधनको रूपमा आर्जित अरूको पैसासँग जोडिन्छन्, तब परिस्थिति अनपेक्षित रूपमा फेरिन्छ ।

कालोधन लुकाउन राजनीतिमा लागेका व्यक्तिहरूले के कस्तो परिपन्च गर्छन् र ती गतिविधिले समाजमा कस्तो असर पारिरहेको हुन्छ भन्ने कुराको सन्देश यसले दिन्छ ।

अरूको अकुत सम्पत्ति लुकाउन गरेका अनेकन् प्रयास वरिपरि यो चलचित्र रुमलिएको छ ।

यो चलचित्रमा १० किलो सुनको प्रलोभनमा अनेक कष्ट सहेका फणीन्द्र, जोयस र मुन्नालाई ‘महाजात्रा’ सम्म आइपुग्दा पनि गरिबी, बाध्यता र विवशताले छाड्न नसकेको कुरा देखाइएको छ ।

यी तीन पात्र फेरि कालो धनको चंगुलमा फस्दै गएको भए पनि चलचित्रमा यो कुरा उनीहरूलाई थाहा नभएको देखाइन्छ ।

जब पैसाले भरिएको गाडी लुकाउनुपर्ने अवस्था आउँछ त्यसपछि तीन जनाको जीवनमा अनेकन् उतारचढाव आउन थालेका दृश्य चलचित्रमा रहेका छन् ।

नेता पुण्यप्रसाद (हरिवंश आचार्य) सँग अकुत धन हुन्छ । त्यही पैसाको आडमा उनी आफ्नो राजनीति चलाइरहेका हुन्छन् ।

चुनाव जितेर प्रधानमन्त्रीसम्म बन्ने उनको सपना हुन्छ ।

धन त छ तर राम्रो काम गरेर कमाएको धन भएन त्यसलाई पचाउन कहाँ सजिलो हुन्थ्यो । त्यसमाथि त्यो कालो धनलाई जोगाउनु पर्ने उनको अर्काे संकटको अवस्था चलचित्रमा देखाइएको छ ।

यही तनाव र तीन जनाको उतारचढावका दृश्यसँग यो चलचित्र अड्किएको छ । पुण्यप्रसादको सम्पत्तिलाई कसरी लुकाउने भन्ने काम फणीन्द्र, जोयस र मुन्नाको काँधमा आउँछ ।

यी तीन जना व्यक्ति पुण्यप्रसादको कालो धनले भरिएको गाडीलाई लुकाउनु पर्ने बाध्यतामा झेलिएका छन्  । फणीन्द्रलाई आफ्नो परिवार अझ सम्पन्न बनाउनु छ ।

फणीन्द्र आफ्नो पेसा र पारिश्रमिकसँग सन्तुष्ट छन् तर फेरि पनि उनी गाडीभरिको पैसासँग ठोक्किन्छन् ।

त्यसपछि उनीहरूसँग ठोक्किन आइपुग्छन्, नेता पुण्यप्रसाद र कालोबजारी गर्ने गुन्डा (शिशिर बाङ्देल) ।

यता चलचित्रका अर्का पात्र भाइरल प्रहरी निरीक्षक खत्री (दिव्य देव) लाई ठुलो माछो समात्नु छ ।

उनको ठुलो माछा समाउने सपना कसरी पूरा हुन्छ भन्ने कुराले पनि चलचित्रको कथामा अनेकन् मोड ल्याउने काम गरेको छ ।

आमनागरिकले राज्यले तोकेको कर तिर्छन् तर कर तिरेपछि राज्यबाट पाउनु पर्ने सेवा सुविधा पाउँदैनन् ।

राजनीतिमा लागेकाले भने अकुत सम्पत्ति कमाएका हुन्छन् भन्ने कुरालाई चलचित्रमा राम्ररी अर्थ्याइएको छ ।

मध्यान्तरअघिसम्म चलचित्रले दर्शकलाई हाँसो र त्यसपछि चलचित्रमा हाँसोसँगै धेरै रोदनका दृश्य मिसिएका छन् ।

चलचित्र पूर्ण रूपमा मनोरञ्जनात्मक र पारिवारिक बनेको छ ।

अवैध धन्दाका नाइके, प्रहरी प्रशासन अनि अपराधको यो भूमरीबाट उम्कन यी तीनले गर्ने संघर्ष निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’का हरेक शृंखलामा दोहोर्‍याएका छन् ।

यो फिल्मले दर्शक हसाउन दुईअर्थी संवाद, लिंग र जातमाथि उत्ति भद्दा मजाक गरेको छैन । फिल्मको अर्को बलियो पक्ष यो हो ।

संवाद प्रधान यो फिल्ममा पात्रहरूले जबरजस्त बोलेरै दर्शक हसाउँछन् । मध्यान्तरअघिसम्म त संवादले दर्शकलाई हासोमा बाँधेर राख्छ ।

तर, अन्त्यतिर भने दर्शकलाई रुन बाध्य तुल्याउँछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०