अन्तर–स्कुल क्रिकेट : आदर्श र न्यु मुन स्कुलको विजयी सुरुआत

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ फाल्गुण, २०८०
१ वर्षअघि

विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको गोग्राहले निर्धारित २० ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ६२ रनमा सीमित भयो ।

जसमा आशिषकुमार इसारले सर्वाधिक ३१ रन बनाए । आर्दशका म्यान अफ द म्याच प्रशान्त कुशैयतले चार विकेट लिए ।

६३ रनको सामान्य लक्ष्य पछ्याएको आर्दशले ७ ओभरमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ ।

जसमा प्रभास यादवले सर्वाधिक १६ रनको योगदान दिए । गोग्राहका अरविन्द मण्डलले ३ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले नमुना विद्या मन्दिरलाई २२ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरको खेलमा १५ औं ओभरमा सबै विकेट गुमाई ६२ रनको योगफल तयार पारेको थियो ।

जसमा रियाज आलमले सर्वाधिक १४ रनको योगदान दिए । नमुनाका राजिव कामतले ३ विकेट लिए ।

६३ रनको विजयी लक्ष्य पाएको नमुनाले १६औं ओभरमा सवै विकेट गुमाई ४० रनमा सीमित भयो ।

नमुनाका कसैले पनि दोहोरो अंकलाई छुन सकेनन् । न्यू मूनका म्यान अफ म्याच सहवाज आलमले ५ विकेट लिए ।

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका १६ स्कुल सह्भागि रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुले बताए ।

प्रकाशित समय: शनिवार ५ फाल्गुण, २०८०, १९:४३:०५

सम्बन्धित खबर

सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०