तीन दिनदेखि घटनास्थलमै छ शिवशंकरको शव

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ पुस, २०८०
१ वर्षअघि

सर्लाही । प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सर्लाहीको बरहथवा नगरपालिका–६, का ३० वर्षीय शिवशंकर साहको शव अझै उठ्न सकेको छैन ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मृत्यु भएको थियो ।

नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाएको थियो, जसक्रममा मृत्यु भएका शिवशंरको शव तीन दिनदेखि घटनास्थलमै छ ।

प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् ।

स्थानीय शुक्रबार दिउँसोदेखि नै मृतकको शव सडकमै रुँगेर बसेका छन् । उनीहरू माग पूरा नहुन्जेल शव उठाउन नदिने भन्दै कठ्याङग्रिदो चिसोमा सडकमै बसिरहेका हुन् ।

सरकारले तीन सदस्यीय छानबिन समिति बनाएर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने र मृतकको परिवारलाई राहत स्वरूप १० लाख रुपियाँ दिने निर्णय गरे पनि यहाँ आन्दोलन रोकिएको छैन ।

गएको शुक्रवारदेखि नै बरहथवा बजार खुल्न सकेको छैन । नयाँरोड–बरहथवा सडकमा यातायात चल्न सकेका छैन । तीन दिनदेखिको बन्दले सर्वसाधारण प्रभावित बनिरहेका छन् ।

प्रकाशित समय: आईतबार २२ पुस, २०८०, १०:३४:४२
Leading Casinos That Accept Bitcoin Down Payments
बिहिबार ९ जेठ, २०८२
The Significance of Safe Online Casino Sites: Safeguarding Your Cash and Privacy
बिहिबार ९ जेठ, २०८२
बिहिबार ९ जेठ, २०८२
प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि मोरङलाई
बिहिबार ९ जेठ, २०८२
साना किसान सहकारी सिजुवाद्वारा मृतक सदस्यको परिवारलाई बिमा रकम हस्तान्तरण
बिहिबार ९ जेठ, २०८२
विराटनगरमा शनिबार र आइतबार सीप उत्सव हुँदै
बिहिबार ९ जेठ, २०८२
महावीर पुन भन्छन् : दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ
बुधबार ८ जेठ, २०८२
Discover the Exhilaration of Free Penny Slot Machine
बुधबार ८ जेठ, २०८२
जब वैभवले छुए धोनीको खुट्टा !
बुधबार ८ जेठ, २०८२
The Increase of Online Gambling Establishments: A Comprehensive Overview
बुधबार ८ जेठ, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०