इटहरीमा बम विस्फोट, दुई जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ चैत, २०७८
२ वर्षअघि
बम विस्फोट

सुनसरीको इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा इटहरी उपमहानगरपालिका–२ हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र लमजुङ–५ ढोडेनीका २३ वर्षीय शेरजङ्ग गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति थापाको डेराभित्रै बम विस्फोट भएको थियो ।

गएराति साढे १० बजेतिर सो दुर्घटना भएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

घाइते थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनको भनाइ छ ।

घाइतेमध्ये थापाको आँखामा चोट लागेको छ भने गुरुङको शरीरका विभिन्न अङ्गहरूमा चोट लागेको छ ।

विस्फोट भएको बम सुतली बम भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार थापाको डेरामा गुरुङ १५ दिनअघि आएका थिए । उनले ल्याएको झोलामा उक्त विस्फोटक पदार्थ थियो ।

तथापि, विस्फोट कसरी भयो भन्ने विषयमा अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए ।

‘घटनास्थलबाट हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद छ’ उनले भने ‘बाँकी हामी अनुसन्धान गरिरहेका छौँ ।’

यता, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काका अनुसार उपचारको लागि पठाइएका दुवैको अवस्था सामान्य छ ।

गुरुङ भने विस्फोटका कारण छर्रा लागेर गम्भीर घाइते उनले बताए ।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ ।

हिमाल सुरक्षा परिषदको पर्चा सशस्त्र युद्धको घोषणा गरेको सङ्गठन भएको प्रहरीले जनाएको छ ।

यो सङ्गठनले गत फागुन १५ गते एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो।

सङ्घीयता खारेज, पाँच विकास क्षेत्र र हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसिसी सम्झौता खारेज गरिनुपर्नेलगायत माग राखेर यो सङ्गठनले सशस्त्र युद्धको घोषणा गरेको हो ।

सोही परिषद्ले झापाको बिर्तामोड र दमकमा आतङ्क सिर्जना गरेको थियो ।

गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक–५ मा रहेको एक चर्चको गेटमा शङ्कास्पद वस्तु राखेकाे आरोपमा नाै जना पक्राउ परेका थिए ।

यो पनि : भाषा परीक्षाका लागि आवेदन खुला

प्रकाशित समय: मङ्गलबार १५ चैत, २०७८, ११:१५:३२

सम्बन्धित खबर

एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट

शुक्रबार १४ ब‌ैशाख, २०८१
४ घण्टाअघि

५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा

शुक्रबार १४ ब‌ैशाख, २०८१
५ घण्टाअघि

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शुक्रबार १४ ब‌ैशाख, २०८१
६ घण्टाअघि

उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
१ दिनअघि

‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली

बिहिबार १३ ब‌ैशाख, २०८१
१ दिनअघि

पेस्तोल हराएपछि अनुसन्धानमा तानिए वरिष्ठ सई

बुधबार १२ ब‌ैशाख, २०८१
२ दिनअघि
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०