बेलबारीको ‘भाइरल’ दामिनी फूलको व्यावसायिक खेती !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
२ वर्षअघि

मोरङको बेलबारी नगरपालिका- ४ प्रगति चोकमा दामिनी फूल (केमोमाइल फ्लावर) को व्यावसायिक खेती थालिएको छ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले बेतना सिमसारनजिकमा नाै हेक्टर क्षेत्रफलमा दामिनी फूलको व्यावसायिक खेती लगाइएको हो ।

केमोमाइल सयपत्री परिवारको एकवर्षीय सुगन्धित बिरुवा हो ।

इजिप्ट, ग्रिस र इटालीलगायतका देशहरूमा यसको फूल विभिन्न रोगको उपचारमा प्रयोग गरिएको पाइन्छ ।

केमोमाइलका तीनवटा प्रजाति छन् ।

नेपालमा जर्मन केमोमाइलको खेती गरिन्छ ।

युरोपको रैथाने यो बिरुवा अहिले विश्वका धेरै देशहरूमा लगाइन्छ ।

प्रतिकिलो फूलको १९ हजारसम्म पर्ने गरेको इन्चार्ज राईले बताए ।

‘नौ हेक्टरमा लगाएका छौँ,’ उनले भने, ‘फूल बेच्ने हो, महँगो भाउ छ । तेल निकाल्न पाए झनै महँगो हुन्छ । विशेषगरी विदेश निर्यात गर्ने योजना छ ।’

तेल निकालेमा प्रतिलिटर ३९ देखि ५८ हजारसम्म पर्ने बताइएको छ ।

उनका अनुसार केमोमाइलको खेतीदेखि प्रशोधनसम्मका सबै काम किसानले नै गर्न सक्छन् ।

यो बलौटे, पानी नजम्ने र खुकुलो माटोमा राम्रोसँग हुर्कन्छ ।

वन्यजन्तुले नखाने र मूल्य पनि राम्रो आउने भएकाले यसको खेती दिनदिनै बढिरहेको छ ।

उनका अनुसार यो माघदेखि चैतसम्म फूल्छ ।

फागुन चैत महिना बाली सङ्कलन गर्ने उपयुक्त समय हो ।

एकनासले फूलेपछि सबै फूल तुरुन्तै सङ्कलन गर्नुपर्छ ।

फूल टिप्न ढिला गरे बिउ लाग्छ र तेल कम आउँछ ।

फूल टिप्नु एक हप्ताअघि र टिप्नेबित्तिकै पानी लगाउनु पर्छ ।

पहिलो पटक टिपेको केही समयमै यो फूल्न थाल्छ र फेरि बाली लिन सकिन्छ ।

पानी, मल र समय मिलेमा तीनपल्टसम्म फूल सङ्कलन गर्न सकिन्छ ।

एक हेक्टरमा लगाएको केमोमाइलबाट पाँचदेखि ६ किलोग्रामसम्म तेल निस्कन्छ ।

अवलोकन गर्नेको भिड

नजिकै रहेको प्रसिद्ध बेतना सिमसार रिसोर्ट छोडेर केमोमाइल अवलोकन गर्नेहरूको भिड लाग्न थालेको छ ।

लहलहलाउँदो केमोमाइलको फूलले पर्यटकलाई आकर्षित गरेपछि नजिकै रहेको बेतना सिमसार रिसोर्ट छिर्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ ।

केमोमाइल फूल हेर्न, फोटो खिच्न तथा भिडियो बनाउन आउने युवा–युवतीको घुइँचो नै लाग्ने गरेको छ ।

झन्, केही दिनयता सामाजिक सञ्जाल टिकटकमा भाइरल भएपछि तस्बिर, भिडियो खिच्न आउनेको सङ्ख्या बढेको छ ।

पूर्व–पश्चिम राजमार्गनजिक भएका कारण आफ्ना सवारीसाधन रोकेर केमोमाइल फूलबारी अवलोकन गर्नेहरूको सङ्ख्या बढेको छ ।

ढपक्क फुलेको केमोमाइलको फूलले पर्यटकलाई आकर्षित गरेको छ ।

नौ हेक्टर क्षेत्रफलमा लगाइएको केमोमाइल बारीमा दिनहुँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

विशेषगरी युवा–युवतीको सङ्ख्या बढी देखिने गरेको छ ।

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड बेलबारी शाखाका इन्चार्ज कमल राईका अनुसार विशेषगरी विदेश निर्यात गर्ने उद्देश्यका साथ केमोमाइल खेती गर्न थालिएको हो ।

केही दिनयता केमोमाइल बारीमा घुइँचो लाग्ने गरेको छ । पर्यटकहरू बारीमा टिकटक बनाउन र फोटो खिच्न व्यस्त देखिन्छन् ।

युवा–युवतीहरू हातमा मोबाइल तेर्स्याएर बारीभरि युवा–युवती देखिन्छन् भने सँगसँगै देखिन्छिन्, खेतधनी । तर थेगिनसक्नु भिडका अगाडि खेतधनीको केही लाग्दैन ।

कमल राई पनि आफ्नो अफिसमा कम ‘टिकटकर’लाई धपाउने काममा खेतबारीतिरै देखिन्छन् ।

खेती अवलोकन गर्नेहरूले बारीभित्रै पसेर भिडियो बनाउन थालेपछि बालीमा क्षति पुगेको भन्दै कम्पनीले खेतभित्र प्रवेश नगर्न अनुरोध गर्दै आएको छ ।

तर अनुरोधका बीच पनि बाली नै क्षति हुनेगरी बारीभित्रै पसेर पयर्टकले दुःख दिने गरेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड बेलबारी शाखाका इन्चार्ज राई बताउँछन् ।

‘अहिले मानिसहरू आएर बारीको बीचमा पसेर फोटो खिच्ने लडिबडी गर्दै टिकटक बनाउने गर्दा धेरै माडिएको छ,’ उनले भने, ‘वन कार्यालयलाई रिपोर्ट गरेर अहिले मान्छेहरू निकाल्ने काम गरिरहेका छौँ ।’

मोरङ : धान खेत मासेर ड्रागन फ्रुट खेती, मालामाल कमाइ

प्रकाशित समय: शनिवार २१ फाल्गुण, २०७८, २१:५४:४७

सम्बन्धित खबर

आईबीडी

‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल

शनिवार ७ माघ, २०७९
८ महिनाअघि
उपसभामुख मगर

समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान

शनिवार ७ माघ, २०७९
८ महिनाअघि
विमान दुर्घटना

विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे

आईतबार १ माघ, २०७९
९ महिनाअघि
साताका सात

साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म

शनिवार १६ पुस, २०७९
९ महिनाअघि
जेसिस

एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि

शनिवार १६ पुस, २०७९
९ महिनाअघि
क्युएफएक्स सिनेमाजको विराटनगर

क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर

बुधबार १३ पुस, २०७९
९ महिनाअघि
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८