चट्याङसहित हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
४ वर्षअघि
माैसम पूर्वानुमान

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भोलिदेखि शनिबारसम्म नेपालको मौसममा बदली देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार राति पश्चिम नेपालबाट प्रवेश गर्न लागको चापीय प्रणालीले नेपालको हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भन्दै सुरक्षित र सतर्क रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

बिहिबारदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसममा सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले बताएको छ ।

चार प्रदेशसँगै वाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात र पहाडी तथा तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा (हल्कादेखि मध्यम) हुने सम्भावना रहेको छ ।

यस्तै, सोही अवधिमा मधेश प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेनछ ।

शुक्रबार देशैभरका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहितको वर्षा कायम रहने जानकारी महाशाखाले दिएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबारदेखि भने हिमपात र वर्षामा कमी हुने महाशाखाले बताएको छ ।

विशेषतः शनिबार गण्डकी, वाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना रहनेछ भने पहाडी र तराईका केही स्थानमा वर्षा हुने सक्ने अनुमान महाशाखाको छ ।

आइतबारदेखि भने प्रणाली कमजोर हुँदै जाने भएकाले देशैभरका मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले बताएको छ ।

प्रकाशित समय: बुधबार १९ माघ, २०७८, १४:५७:५५

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०