कोभिड सङ्क्रमित व्यक्तिसँग कति दिनपछि भेट्न मिल्छ ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
५ वर्षअघि

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन अन्य भेरिएन्टको तुलनामा अत्यधिक सङ्क्रामक भएपनि कम घातक रहेको अध्ययनको निष्कर्ष छ । 

भाइरस सरिसकेपछि मानिसमा लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ ।

यसअघिका भेरिएन्टमा सङ्क्रमण भएपछि चारदेखि पाँच दिनमा लक्षण देखिन्थ्यो ।

डाक्टर भिसेन्ट सोरियानोका अनुसार ओमिक्रोन सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुन्छ ।

सोरियानो स्पेनको इन्टरनेसनल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ पनि हुन् ।

उनका अनुसार ओमिक्रोन सङ्क्रमित मानिसमा दुईदेखि तीन दिनमा लक्षण देखिने हुन्छ ।

सङ्क्रमणका सुरुवाती दिनमा मानिसले बढी सङ्क्रमण फैलाउन सक्छन् ।

ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ ।

ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको बताउँदै डाक्टर सोरियानोले परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै भाइरस सङ्क्रामक हुने वा अरूलाई सर्न सक्ने बताएका छन् ।

लक्षण नदेखिएका मानिसमा सङ्क्रमण रहिरहने अवधि चाहिँ लक्षण भएका व्यक्तिहरूसँग समान हुने उनको भनाइ छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेसनको अवधि घटाएर पाँच दिन पुर्‍याएको छ ।

सङ्क्रमण भइ लक्षण देखिएको पाँच दिनको आइसोलेसनपछि अरूसँग घुलमिल हुन मिल्ने निर्देशिका प्रकाशित गरेको छ ।

पाँच दिनपछि कुनै लक्षण नभएको वा स्वास्थ्यमा सुधार हुँदै गएमा आइसोलेसनबाट निस्कन सकिन्छ ।

तर ज्वरो छ भने ज्वरो रहँदासम्म अलग्गै बस्नु पर्छ ।

साथै, अन्य मानिस भेट्दा मास्क लगाउनु पर्ने र लक्षण देखिएको पहिलो दिनबाट १० दिनसम्म यात्रामा सकेसम्म निस्कन नहुने बिबिसीमा उल्लेख छ ।

नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले टेकुस्थित राष्ट्रिय प्रयोगशालामा एस जिन पोजेटिभ भएका ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमुनामा ओमिक्रोन र चार नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको जानकारी दिए ।

एस जिन पोजेटिभ भएका ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको उनले जानकारी दिए ।

यो नतिजा हेर्दा नेपालमा पनि अन्य मुलुकमा जस्तै ओमिक्रोन भेरियन्टले डेल्टालाई प्रतिस्थापन गरेको डा.अधिकारीको भनाइ छ ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १२:०२:१६

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२२ घण्टाअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
४ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०