कोभिड महामारी अन्त्य हुने सङ्केत नदेखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
डब्लूएचओको प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीको अन्त्य हुने सङ्केत नदेखिएको बताएका हुन् ।
फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ सङ्क्रमितको सङ्ख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको यस्ताे भनाई सार्वजनिक भएकाे हो ।
काेराेनाकाे यसअघिको भेरिएन्ट डेल्टाभन्दा ओमिक्रोनले मानिसकाे स्वास्थ्यमा जटिलता कम देखिने भएपनि कमजाेर सम्झेर बेवास्ता गर्न नहुने गेहब्रेयससले दोहोर्याएका छन् ।
‘औषतमा ओमिक्रोन कम घातक हुन सक्छ, तर यसको फैलने क्षमता तीव्र छ, गेहब्रेयससले भनेका छन्, ‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । त्यसैले सर्तक हुनुकाे विकल्प छैन ।’