प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ६ मङ्सिर, २०८३
१३ घण्टाअघि

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई नेपालले लामो समयदेखि उठाउँदै आएको थप अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्गको समस्या समाधान गर्ने अवसरका रूपमा हेरिएको छ। निजी क्षेत्रले भ्रमणका क्रममा भारतसँग यस विषयमा ठोस सहमति गर्न सरकारसँग माग गरेको छ।

विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप हवाई प्रवेशमार्ग आवश्यक रहेको पर्यटन तथा व्यवसायीहरूको भनाइ छ। प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा हवाई उड्डयन क्षेत्रको यो महत्त्वपूर्ण विषय टुंगोमा पुग्ने निजी क्षेत्रको अपेक्षा छ।

Advertisement

नेपालले भारतसँग महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुर गरी चारवटा हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको छ। अहिले नेपालबाट पाँचवटा मार्ग हुँदै विमान बाहिरिन सक्ने भए पनि अधिकांश अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल प्रवेश गर्दा सिमराको आकाश प्रयोग गर्नुपर्ने बाध्यता छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका क्रममा भएको छलफलमा महेन्द्रनगर हवाई प्रवेशमार्ग उपलब्ध हुने सम्भावना देखिएको छ। सीमित उचाइमा मात्रै प्रवेश अनुमति पाए पनि यसले उडान व्यवस्थापन सहज बनाउनुका साथै १५ देखि २० मिनेटसम्म समय बचत गर्न सक्ने उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले हवाई प्रवेशमार्गको विषय समाधान गर्न नेपाल–भारतबीच राजनीतिक सम्बन्ध र आपसी विश्वास बलियो बनाउनुपर्ने बताएका छन्। थप प्रवेशमार्ग उपलब्ध भए पोखराबाट भारतका प्रमुख सहरमा सिधा उडान सञ्चालन गर्ने सम्भावनासमेत खुल्ने उनको भनाइ छ। पर्यटन व्यवसायीले पोखरा–दिल्ली सिधा उडानका लागि पनि सरकारसँग पहल गर्न आग्रह गरेका छन्।

हाल प्रवेशमार्गको अभावका कारण पश्चिम नेपालका विमानस्थलमा हुने उडान लामो र खर्चिलो बनेका छन्। पर्यटन मन्त्रालयका अनुसार भैरहवा आउने विमानले सिमरा हुँदै प्रवेश गर्दा करिब ३०० किलोमिटर र पोखरा आउने विमानले करिब १८५ किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्छ। यसले इन्धन खपत, उडान समय र सञ्चालन खर्च बढाएको छ। जनकपुर प्रवेशमार्ग उपलब्ध भए पूर्वबाट आउने विमानले पाँचदेखि सात मिनेटसम्म उडान समय बचत गर्न सक्ने विज्ञहरूको भनाइ छ।

नेपालले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा महेन्द्रनगर हवाई प्रवेशमार्गको विषय उठाएको थियो। त्यतिबेला छ महिनाभित्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त भए पनि हालसम्म अनुमति प्राप्त हुन सकेको छैन। सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि यस विषयमा सकारात्मक संकेत देखिए पनि सहमति कार्यान्वयनमा आउन सकेन।

यसैबीच, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा निजी क्षेत्रको लगानीसमेत जोखिममा परेको सरोकारवालाले बताएका छन्। भैरहवा विमानस्थलबाट विभिन्न समयमा अन्तर्राष्ट्रिय वायुसेवाले उडान गरे पनि नियमित सेवा विस्तार हुन सकेको छैन। भैरहवा क्षेत्रमा होटल तथा पर्यटन व्यवसायमा ठूलो लगानी भइसकेकाले विमानस्थल सञ्चालनमा ल्याउन थप हवाई मार्गसँगै यात्रु र वायुसेवा कम्पनी आकर्षित गर्ने योजना आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।

सरोकारवालाले पोखरा र भैरहवा विमानस्थलको प्रभावकारी सञ्चालनलाई प्राथमिकता दिएपछि मात्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषय अघि बढाउनुपर्ने सुझाव दिएका छन्। हवाई प्रवेशमार्ग सुनिश्चित नभए नयाँ विमानस्थल निर्माण गरे पनि त्यसको उपयोगमा समस्या आउन सक्ने उनीहरूको चिन्ता छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो

शनिवार ६ मङ्सिर, २०८३
११ घण्टाअघि

दलको पक्षमा लागेर नेताको चाकडी गर्ने कर्मचारीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

शनिवार ६ मङ्सिर, २०८३
१५ घण्टाअघि

त्रिविमा विकेन्द्रीकरण विस्तारको तयारी, १२ क्याम्पस अझै प्रक्रियाबाहिर

शनिवार ६ मङ्सिर, २०८३
१५ घण्टाअघि

विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका

शुक्रबार ५ मङ्सिर, २०८३
१ दिनअघि

निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न

शुक्रबार ५ मङ्सिर, २०८३
१ दिनअघि

उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता

शुक्रबार ५ मङ्सिर, २०८३
२ दिनअघि
ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो
शनिवार ६ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री
शनिवार ६ मङ्सिर, २०८३
दलको पक्षमा लागेर नेताको चाकडी गर्ने कर्मचारीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
शनिवार ६ मङ्सिर, २०८३
त्रिविमा विकेन्द्रीकरण विस्तारको तयारी, १२ क्याम्पस अझै प्रक्रियाबाहिर
शनिवार ६ मङ्सिर, २०८३
विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका
शुक्रबार ५ मङ्सिर, २०८३
निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न
शुक्रबार ५ मङ्सिर, २०८३
उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता
शुक्रबार ५ मङ्सिर, २०८३
एनपीएल फाइनलको टिकट बिक्रीमै अन्योल, खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’
शुक्रबार ५ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणदेखि जग्गा नापजाँचसम्म, मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक
शुक्रबार ५ मङ्सिर, २०८३
यार्सागुम्बाको लोभ र अस्तित्वको संघर्षमा आधारित ‘हिमालयन गोल्ड’ को प्रिमियर
शुक्रबार ५ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०