विराटनगर । बैंककस्थित रोङ बियर ना लाट फ्राओ बारमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।
सोमबार मध्यरातपछि भएको आगलागीमा बारको मुख्य प्रवेशद्वार आगोले ढाकिएपछि ग्राहकहरू भाग्न खोज्दा ठूलो मानवीय क्षति भएको हो।
उद्धारकर्मीहरूले करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिएका थिए।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुलले २७ जनाको शव फेला परेको र अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए ।
आगलागी सुरु हुँदा कार्यक्रम प्रस्तुत गरिरहेका एक संगीतकर्मीले सुरुमा विद्युत् कट-आउट स्विचमा आगो लागेको र त्यसपछि केही क्षणमै विस्फोटजस्तो आवाजसँगै धुवाँ र आगो तीव्र रूपमा फैलिएको बताएका छन्।